विप्लव समूहका दुई जनाले गरे आत्मसमर्पण

१७ असोज ७६, शनिबार

१८ असोज, सर्लाही ।
महोत्तरी जिल्ला इन्चार्जसहित नेत्र विक्रम चन्द, विप्लव समूहका दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।

Advertisement

जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का ३८ वर्षीय रूपेश भन्ने रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी गौशाला नगरपालिका–८ कुशमारी बैलवासका ४६ वर्षीय भीमबहादुर आलेले शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसर्पण गरेको प्रहरीले जनाएको छ।

विप्लव समूहले गर्दै आएको क्रियाकलापहरूमा आफुलाई चित नबुझेको भन्दै उनीहरुले उक्त समूह परित्याग गरी जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत नेपाल सरकारसमक्ष आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top