महिलाविरुद्धका हिंसा निस्तेज पार्न गृहमन्त्रीको निर्देशन

२३ असोज ७६, शुक्रबार

२४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालिका उपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन् । जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नहुने भन्दै उनले बिना हिच्किचाहट त्यस्तामाथि कारबाही गर्नुपर्ने बताए ।

गृहमन्त्री थापाले आफ्नो कुशल कार्यसम्पादन मार्फत प्रहरी संगठन अन्तर्रा्ष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्न सुझाए ।

Advertisement

प्रहरी कुनै लोभ लालचमा फसी कार्य गरेमा क्षम्य नहुने चेतावनी पनि उनले दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको लक्ष्यलाई आत्मसात गरी नेपाल प्रहरी संधै लागि पर्ने जानकारी दिए ।

प्रहरी दिवसकै अवसरमा २९ जना अमर प्रहरीका परिवारलाई आर्थिक सहयोग र कदर पत्र प्रदान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top