‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा

१० फागुन ७४, शुक्रबार

काठमाडौँ, फागुन ११
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा शुरु हुने बताएका छन् ।

उनको नियुक्तिपश्चात बालुवाटारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाँच वर्षे कार्ययोजनाअनुसार जिम्मेवार भएर सरकार अगाडि बढ्ने बताए ।

मन्त्रिमण्डल चाँडै विस्तार हुने उल्लेख गर्दै उनले नेकपा (एमाले) र नेकपा (माओवादी) केद्रबीच मन्त्रालय र व्यक्तिका विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने “यथाशीघ्र मन्त्रिमण्डल विस्तार भएर काम शुरु हुन्छ । उनी अघिल्लो कार्यकालमा पनि सोही जिम्मेवारीमा थिए ।

एमालेका पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष रिमाल संविधानसभाका पूर्व सदस्य हुन् । प्रधानमन्त्री ओली यही फागुन ३ गते नियुक्त भएपछि सचिवालयमा उनको यो पहिलो नियुक्ति हो ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top