नेपाली क्रिकेट टोलीलाई आज सरकारले सम्मान गर्ने

१० फागुन ७४, शुक्रबार

काठमाडौं, फागुन ११
विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले शुक्रबार नगद पुरस्कारसहित सम्मान गर्नेभएको छ ।

Advertisement

नेपाली टोलीले हासिल गरेको सफलताले नेपालको शिर विश्वमै उच्च बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

Advertisement

कार्यक्रममा विश्वकप छनोट खेल्ने नेपाली टीमलाई बिदाई पनि गरिनेछ । नेपाली टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top