राज्यमन्त्री सुरेन्द्र यादवको चियापानमा सलिण्डर ग्यास विस्फोट

२५ असोज ७६, शनिबार
Share this
749shares

२५ असोज, जनकपुरधाम ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्यास विस्फोट हुँदा चार जना घाइते भएका छन्।

Advertisement

शुक्रबार सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको हो।

महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउदै गरेका चार जना घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो।

Advertisement

शुक्रबार दिउँसो सोनमा गाउपालिकाको–८ स्थित श्री रारामावि सुकचैनामा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर आगो लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ।

Advertisement

सोनमा गाउँपालिका–८ का २५ वर्षीय सरोज कुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेश कुमार यादव र १७ वर्षीय सन्तोष पासवान घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। घाइते ४ जनाको जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top