२६ असोज, काठमाडौँ ।
नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने नेपाल भ्रमण पूरा गरी आज मध्यान्न स्वदेश फिर्ता भएका छन् । सीलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारीले विदाइ गरेका थिए ।
विदाइका लागि सडकमा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो । सो अबसरमा नेपाली सेनाको टुकडीले विदाइ सालामी अर्पण गरेको थियो । नेपालको दुईदिने राजकीय भ्रमणका लागि सि शनिवार अपरान्ह काठमाडौं आइपुगेका थिए ।
यस अघि राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच विविध विषयमा सहयोग आदानप्रदान सम्बन्धी एक दर्जनभन्दा बढी समझदारीपत्र तजा सम्झौताहरूमा हस्ताक्षर भएको थियो ।
नेपाल बसाइका क्रममा उनले शनिवार प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग, आइबार विहान नेकपाका नेताहरूलाई सामुहिक भेट गर्नुका साथै नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए ।
आइतबार भएका समझदारीपत्र तथा सम्झौताहरूमा पूर्वाधार निर्माण, सुरुङ मार्ग निर्माण, दुइदेशबीच कनेक्टिभिटी र सडक सञ्जाल जस्ता विषयमा सम्झौता भएको बताइएको छ । साथै व्यापार विस्तारका, प्राकृत प्रकोप नियन्त्रण जस्ता विषयमा विभिन्न संयन्त्र निमार्ण जस्ता विषयलाई ती समझदारी पत्रमा समेटिएको छ


