बिपीले यसरी शुरु गरेका थिए ‘चियापान समारोह’

२५ असोज ७६, आइतबार

२६ असोज, काठमाडौँ । 

नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

काङ्ग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उहाँलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे तर तत्कालीन शासकका गुप्तचरहरुले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे । त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गर्नुभएको काङ्ग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

Advertisement

भेटघाट र जमघटका लागि अरु बेला कुनै अवसर पनि नहुने भएपछि दशैँको पूर्णिमाको दिन मेलमिलापको अवसर हुन्छ भनेर चियापान शुरु गर्नुभएको र पछि पार्टीले त्यसलाई निरन्तरता दिएको इतिहासकार बस्नेतको भनाइ छ । बिपीको निधनपछि पञ्चायत कालको अन्ततिर पनि लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञलगायत सबै एकै स्थानमा भेट्नलाई चियापान समारोहलाई अवसरका रुपमा लिइएको थियो । पछि अरु पार्टीले पनि काङ्ग्रेसले शुरु गरेको चियापान समारोहलाई पछ्याउँदै गएको उनले बताए ।

चियापान कार्यक्रम अहिलेको राजनीतिक परिस्थितिमा पनि सबै पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ । काङ्ग्रेसले यस वर्ष पनि सो परम्परालाई निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Advertisement

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताए । यस वर्षको चियापन समारोहमा काङ्ग्रेसले रक्तदान कार्यक्रम पनि थप गरेको छ ।

काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।–भीष्मराज ओझा/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top