×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

२६ आश्विन २०७६

२६ असोज,काठमाडौँ । 

विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ ।

Advertisement
Advertisement

राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

चीन असल छिमेकी मित्रराष्ट्र मात्र हैन, आर्थिक सहायता, पर्यटन, व्यापार प्रवद्र्धन, पूर्वाधार विकास, सांस्कृतिक सम्बन्धको अटुट आयाम भएको साझेदार मुलुक पनि हो ।

राष्ट्रपति सीको नेपाल भ्रमणको सन्देश विश्वभर पुग्ने भएकाले विभिन्न मुलुकबाट पनि नेपाल आउने पर्यटक बढ्ने अनुमान गरिएको छ । महाशक्ति राष्ट्रका रुपमा उदाएको छिमेकी मुलुक चीनले विश्व पर्यटनमा सबैभन्दा बढी योगदान गरिरहेको छ, अर्थात् चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्घको सन् २०१९ को अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी महत्वपूर्ण टिप्पणीको संस्करण ‘इन्टरनेशनल टुरिज्म हाइलाइट्स इडिसन’ का अनुसार सन् २०१८ को अवधिमा विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्या एक अर्ब ४० करोड पुगेको छ । यो सङ्ख्या हरेक वर्ष पाँच प्रतिशतले बढिरहेको छ भने चीनबाट मात्रै विश्व भ्रमणमा निस्कने पर्यटकको सङ्ख्या वार्षिक १५ प्रतिशतले बढेको छ ।

विश्व अर्थतन्त्रको दोस्रो ठूलो छिमेकी मुलुक चीन र अर्थतन्त्रमा उदीयमान मुलुक भारत नेपालको पर्यटन बजारका मुख्य स्रोत मानिन्छन् । यी मुलुकबाट हरेक वर्ष पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ । पर्याप्त प्रचारप्रसारको अभावमा पनि चीनबाट पर्यटक बढिरहेका छन् । नेपालमा सर्वाधिक पर्यटक आउने मुलुकमा चीन भारतपछि दोस्रो स्थानमा पर्छ । पछिल्लो पाँच वर्षको आँकडालाई हेर्दा नेपालमा निरन्तररुपमा चिनियाँ पर्यटक बढेको देखिन्छ । बोर्डका अनुसार सन् २०१९ को आठ महीना ९जनवरीदेखि अक्टोबरसम्म० को अवधिमा सात लाख ८२ हजार ६०० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

उक्त अवधिमा चीनबाट मात्रै एक लाख छ हजार ५० चिनियाँ नागरिक नेपाल आएका छन् । जुन सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो । सन् २०१८ मा इतिहासकै सबैभन्दा बढी १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल आए ।

त्यस्तै सन् २०१७ मा ९३ हजार ६५४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा चीनबाट एक लाख चार हजार पाँच पर्यटक आएका छन् । गोरखा भूकम्प र नाकाबन्दीका बाबजुद पनि सन् २०१५ मा ६४ हजार ६७५ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१४ मा एक लाख २३ हजार ८०५ चिनियाँले नेपाल भ्रमण गरेका थिए ।

तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विज्ञहरु बताउँछन् । राष्ट्रपति सीको भ्रमणले नेपाललाई विश्व पर्यटनको थप आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने उनीहरुको विश्वास छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले संसारभर नेपालको प्रवद्र्धन हुने र चीनबाट मात्र नभई विश्वका अन्य मुलुकबाट पनि चिनियाँ पर्यटक बढ्ने बताए ।

चिनियाँ राष्ट्रपति जुन मुलुकमा जान्छन्त्य हाँ चिनियाँ पर्यटक बढेको उदाहरण दिँदै उनले नेपालको पर्यटनका लागि राष्ट्रपति सीको भ्रमण महत्वपूर्ण अवसर भएको उल्लेख गरे । स्वार्थरहीत सम्बन्ध स्थापना गर्ने चीनले आर्थिक सहायता, पूर्वाधार विकास आदिमा जति साझेदारिता बढाएको छ, मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको समग्र पर्यटन क्षेत्रमा पनि चीनको उत्तिकै योगदान छ ।

लुम्बिनी विकास कोषका सद्भावना राजदूत विक्रम पाडेकाजीले चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनका निम्ति ठूलो अवसर भएको र यसले चिनियाँ पर्यटकको बढोत्तरीमा अग्रगामी छलाङ मार्ने विश्वास व्यक्त गरे ।

उनले भने, “विश्वको शक्तिशाली मुलुक चीनका राष्ट्र प्रमुखको नेपाल भ्रमणले नेपालको गरिमा बढाउँछ नै यसले विश्व पर्यटनमा नेपालको सकारात्मक सन्देश पनि जान्छ । नेपाल भ्रमणमा जानैपर्ने देश रहेछ भन्ने धारणा पर्यटकमा पैदा गराउने भएकाले पनि यो भ्रमणको ऐतिहासिक हुन्छ ।”

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले नेपालको पर्यटनको राम्रो स्रोत बजारबाट राष्ट्र प्रमुखको भ्रमणले नेपालको पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए ।

ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहाल पनि विश्वकै शक्तिशाली छिमेकी मुलुक चीनका राष्ट्रपतिको नेपाल भ्रमण नेपालको पर्यटन प्रवद्र्धनका लागि ठूलो अवसर भएको उल्लेख गरे ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको भ्रमणले पर्यटन क्षेत्रमा उल्लासको वातावरण सिर्जना भएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहीअनुरुप राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धनको कामलाई प्रभावकारीरुपमा अघि बढाएको छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top