×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

सी गए अब के हुन्छ रेल मार्ग ? सीको नेपाल भ्रमणका यस्ता छन् उपलब्धि

२६ आश्विन २०७६

२६ असोज, काठमाडौँ ।
उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने औपचारिक नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । नेपाल र चीनबीचभएको उच्चस्तरीय भेटवार्ताकाक्रममा दुई देशबीच १८ समझदारी पत्र र २ लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर र सहमति भएको छ । आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान गरिएको हो ।

नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेकाले राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिकपूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दै आएको र यसमा चीनको सहयोग रहने भएको छ । नेपाल र चीन वीच चार वटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार निमार्ण गर्ने सम्झौता भएको छ । । उर्जा, रेलवे, सूचना प्रविधिको बिस्तार गर्ने, केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने, पर्यटन, सडक सञ्जालसहित कनेक्टिभिटीसका विषयमा पनि सहमति भएको छ । यस्तै काठमाडौं महानगरपालिका र नान्सीशहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न नेपाल र चीन बीच सहमति भएको छ ।

Advertisement
Advertisement

नेपाललाई ‘भूपरिवेष्टित मुलुक’ बाट ‘भूजडित’ मुलुकबन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्ग सहितका योजनामा चीनको साथ र सहयोग रहने चिनियाँ राष्ट्रपति सी जिनपिङले उल्लेख गरे । त्यस्तै,नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नेपनि प्रतिबद्धता व्यक्त गरेका छन् । दुई देशकाविभिन्न सहरलाई ’भगिनी सहर’ का रूपमा अघि बढाउन उत्प्रेरित गर्ने उल्लेख गर्दै सीले लुम्बिनी बुद्धको जन्मस्थल भएकाले चीनमा बुद्ध धर्म मान्नेहरूको संख्या संसारमै बढी रहेको र आगामी दिनमा बुद्ध धर्म मान्ने चिनियाँहरू बढीभन्दा बढी नेपाल घुम्न आउने बताए ।

जलवायु परिवर्तनप्रति नेपालीपक्षको चासोलाई चिनियाँपक्षले राम्ररी बुझेको र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतामा नेपाल पक्षको उपयुक्त मागलाई चीनको समर्थन रहने बताइएको छ । अरनिको राजमार्ग सञ्चालन गर्नेे र नेपालचीन विच बढीभन्दा बढी नाकाहरु खोल्ने सहमति पनि भएको छ ।

Advertisement

लामो समयपछिको उच्चस्तरीय भ्रमण आफैमा महतवपूर्ण र नेपालका लागि ए्तिहासिक हो । तर अब भएका सहमति र समझदारी अक्षरश कार्यान्वयनमा आउनुपर्छ तब मात्रै चीनका तर्फबाट २३ वर्षपछि भएको सीको नेपाल भ्रमण वास्तविक रुपमा ऐतिहासिक हुनेछ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top