कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने डा. केसीको चेतावनी

२७ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफूसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

Advertisement

पेशाबाट अवकास पाएपछि आज शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर डा. केसीले २०७५ साउन १० गते सरकारसंग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए आफूले पुनः सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् ।

डा. केसीले विश्व विद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न समेत माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top