एनआरएनएको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम प्रकाशितः १२ पदका लागि ४२ जना निर्वाचित हुने

२६ असोज ७६, सोमबार

२७, असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित भएको छ । विश्व सम्मेलनको उदघाटन मंगलबार काठमाडौंमा गरिँदैछ । सम्मेलन १५ देखि १७ अक्टोबर अर्थात् २८ देखि असोज ३० गतेसम्म चल्नेछ ।

काठमाडौंको हायात होटलमा हुने ९ औं अन्तराष्ट्रिय महाधिवेशनमा यस पटकदेखि १२ पदमा ४२ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । संघको निर्वाचन समितिका अनुसार विश्व सम्मेलनबाट ४२ जना उम्मेदवार चुनिने छन् ।

विधानको नयाँ व्यवस्थाअनुसार संघको अध्यक्ष एक, उपाध्यक्ष ५ (एक महिलासहित), महासचिव १, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक १-१ जना निर्वाचित हुनेछन् ।

यसैगरी प्रत्येक क्षेत्रीय समितिबाट एकरएक गरी ६ जना क्षेत्रीय संयोजक चुनिने छन् । क्षेत्रीय उपसंयोजकमा भने यसपटक युरोप क्षेत्रबाट ३ जना चुनिने छन् । युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने नयाँ व्यवस्था पनि विधानले गरेको छ ।

एशिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २-२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट भने १-१ जना क्षेत्रीय उपसंयोजकमा चुनिने छन् ।

प्रत्येक क्षेत्रबाट १-१ जनाका दरले ६-६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक पनि चुनिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको सबै काम बुधबार २९ गते सकाउने गरी निर्वाचन समितिले कार्यक्रम प्रकाशित गरेको छ ।

उद्घाटन सत्रको भोलिपल्ट उम्मेदवारको मनोनयन दर्तादेखि मतदान र मतगणनासमेत सकाउने गरी कार्यक्रम प्रकाशित गरिएको छ । मतदानका लागि बुधबार दिउँसो ३ देखि राति ८ बजेसम्मको समय तोकिएको छ ।

एनआरएनएको आगामी आगामी नेतृत्व लिन कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा ओर्लिएका छन् । पन्त जर्मनी तथा आचार्य बेलायतबाट प्रतिनिधित्व गर्दछन् । हाल दुबैजना उपाध्यक्ष रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top