पक्राउ परेका कांग्रेस सांसद आलमको सेवा सुविधा रोक्का, दोषी ठहर भए पद गुम्ने

२७ असोज, काठमाडौं । १४ जना व्यक्तिको हत्या आरोपमा पक्राउ परेसँगै रौतहट(२ का नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमले सांसदको हैसियत गुमाएका छन् ।

बाह्र वर्षअघि पहिलो संविधान सभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् । उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ ।

त्यस्तै उनको तलब, सुविधा रोकिएको छ । प्रहरीले आलम पक्राउ परेको जानकारी संघीय संसद सचिवालयलाई उपलब्ध गराइसकेको छ । संघीय संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले आलम पक्राउको सूचना प्राप्त भएको बताए । प्र

तिनिधिसभा नियमावलीको दफा २ सय ४४ को उपदफा ३ मा फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा कुनै कार्य गर्न कुनै उन्मुक्ति वा अधिकार प्राप्त नहुने उल्लेख छ ।

नियमावलीले त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था गरेको छ । आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्नेछन् । साथै, अदालतले दोषी ठहर गरे उक्त पद रिक्त हुनेछ । दोषी ठहर नभएसम्म उनी सांसदको लोगो लगाएरै जेलमा रहनेछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top