साउदीमा बस दुर्घटना, ३५ जनाको मृत्यु

३० असोज ७६, बिहीबार
Share this
736shares

३० असोज, एजेन्सी । साउदी अरेबियामा तीर्थयात्री बोकेको बस एक लोडरसँग ठोक्किँदा ३५ जनाको ज्यान गएको छ ।

Advertisement

 

Advertisement

प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस दुर्घटना भएको थियो । बसमा ३९ जना रहेकोमा ३५ जनाको ज्यान गएको हो । अन्य चार जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन् । घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top