प्राधिकरणले तोकेको महसुल नतिर्ने ४ वटा उद्योगको रिट खारेज

२९ असोज ७६, बिहीबार

३० असोज, काठमाडौं ।
ट्रंकलाइन सुविधा लिएर पनि प्राधिकरणले तोकेको महसुल नतिर्ने ४ वटा उद्योगको रिट उच्च अदालत दाङको बुटवल इजलासले खारेज गरिदिएको छ ।

रिट खारेज भएसँगै अब सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, बुटवल सिमेन्ट र पाल्पा सिमेन्टले ट्रंकलाइनको सुविधामार्फत विद्युत प्राधिकरणले तोके अनुसारकै रकम तिर्नुपर्ने भएको छ ।

उच्च अदालत दाङका न्यायाधीशहरु नारायणप्रसाद पोखरेल र हरिप्रसाद पौडेलको संयुक्त इजलासले रिट खारेज गर्दै उद्योगहरूले प्राधिकरणले निर्धारण गरेको महसुल तिर्नुपर्ने ठहर गरेको हो । यी ४ उद्योगले जम्मा ५२ करोड रुपैयाँ तिर्नुपर्नेछ ।

यी चार उद्योगमध्ये पाल्पा सिमेन्टले नियमित महसुल तिरिरहे पनि अरु ३ वटा उद्योगले उच्च अदालतबाट अन्तरिम आदेश पाएपछि पाल्पा सिमेण्ट पनि जेठमा अदालत पुगेको थियो ।

विशेष प्राथमिकताका आधारमा दिइएको विद्युत सेवा डेडिकेटेड वा ट्रंकलाइनका रुपमा परिभाषित हुने भएकाले यो सेवा लिएका उद्योगले साधारण ग्राहक भन्दा छुट्टै महसुल तिनुपर्ने अदालतले जनाएको छ ।

उच्च अदालत दाङको यो निर्णयसँगै ट्रंकलाइन प्रयोग गरेबापत प्राधिकरणले तोकेको विद्युत महसुल तिर्नुनपर्ने माग राखेर अदालत पुगेर रिट खारेज हुने उद्योगको संख्या १६ पुगेको छ ।

यसअघि उच्च अदालत पाटनले पनि १२ वटा उद्योगको रिट खारेज गरेर प्राधिकरणले तोकेको महसुल बुझाउन भनेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top