जुवातास खेल्ने १० जना विराटनगरबाट पक्राउ

२९ असोज ७६, बिहीबार

३० असोज, विराटनगर ।
जुवातास खेलिरहेको अवस्थामा विराटनगरका दुई स्थानबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

बुधबार राती ८ बजेको समयमा बिराटनगर–११ जनपद टोल बस्ने रत्न बहादुर तामाङको घरमा तास खेलिरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रनि सहितको टोलीले नगद छैंसठ्ठी हजार चार सय पाँच रुपैँया,आठ सय भारु र तीन बुङ ताससहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी बिहीबार अन्दाजी दिउँसो १ बजेको समयमा बिराटनगर –६ स्थित विकी केसरीको घरमा तास खेलिरहेको भन्ने सुचनाको सोही प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अबस्थामा बिस हजार,दुई सय बिस रुपैँया, भारु दुई सय तिस र एक बुङ तास सहित ६ जना मानिस नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

उनीहरुलाई वडा प्रहरी कार्यालय (क) बिराटनगरमा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top