सरकारका प्रवक्ता भन्छन्– ओलीले देखेको सपनामा सीको बलियो साथ

३० असोज, काठमाडौँ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको बताएका छन् ।

Advertisement

मन्त्री बास्कोटाले नेपाललाई भूपरीवेष्ठितबाट भूजडित राष्ट्र बनाउने प्रधानमन्त्री ओलीले बारम्बार देख्नु भएको सपनामा बलियो साथ र समर्थन हुनेगरी चिनियाँ राष्ट्रपति सीले नेपाली जनता समक्ष सार्वजनिक अभिव्यक्ति दिएको बताएका हुन् ।

नेपाललाई भूपरीवेष्ठित नभई भूजडित राष्ट्र बनाउन बारम्बार देख्नु भएको प्रधानमन्त्री ओलीको सपनामा चीनको बलियो साथ र समर्थन स्वयम् चिनियाँ राष्ट्रपतिबाटै नेपाली जनता समक्ष व्यक्त भएको छ,’ बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले भने, ‘अब नेपाल हवाई, समुन्द्र, यातायात, संचार, रेल सेवालगायतका आधुनिक विकासका मानकहरुमा चीनसँगै अघि बढने सम्भावनाको ढोका चिनियाँ राष्ट्रपतिको भ्रमणबाट खुलेको छ ।’

Advertisement

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमै सफल भएको पनि दोहो¥याए । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको उपलब्धिलाई मूल्यमा मापन गर्न नसकिने पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top