ठगी आरोपमा गुन्डा नाइके बाघेसहित १८ डिपोका सञ्चालक पक्राउ

ठगी आरोपमा गुन्डा नाइके बाघेसहित १८ डिपोका सञ्चालक पक्राउ

१ कार्तिक, काठमाडौँ ।
गुन्डा नाइके बाघे भनिने सन्देश लामा स्वयम्भू चमतेबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरेको हो । तोकिएको भन्दा कम सामान दिएर ठगी गरेको आरोपमा प्रहरीले लामासहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको छ।

त्यस्तै २३ वटा ट्रक–टिपरसहित १३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु स्वयम्भू, महाराजगन्ज र बालाजुबाट पक्राउ परेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.