नेपाली फुटसल टोली इरान प्रस्थान

३० असोज ७६, शुक्रबार

१ कार्तिक, काठमाडौँ ।
एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर्सका लागि इरान जाने नेपाली फुटसल टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गरेको छ।

नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले बिदाइ गरेका हुन्। प्रतियोगिता २३ अक्टोबर देखि २५ अक्टोबर सम्म इरानमा आयोजना हुनेछ।

प्रतियोगितामा नेपाल समूह एु मा छ। समूह एु मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्। त्यस्तै समूह बी मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्।

Advertisement

नेपालले पहिलो खेलमा ताजकिस्तानसँग २३ अक्टोबरमा खेल्नेछ। त्यस्तै दोस्रो खेलमा २४ अक्टोबरमा उज्बेकिस्तानसँग र तेस्रो खेलमा २५ तारिक अफगानिस्तानसँग खेल्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top