दुर्गेश थापाको देउसी गीत विवादमा, आलोचनापछि हटाईयो कमेन्ट

१ कात्तिक ७६, शनिबार

२ कात्तिक, काठमाडौँ ।
गायक दुर्गेश थापाको पछिल्लो ‘देउसी गीत’ विवादमा परेको छ । १० दिन अगाडि मात्र युट्युबमा अपलोड गरिएको सो गीतका केही शब्दहरुलाई लिएर धेरैले आलोचना गरेका छन् । गीतका शब्दहरुले ‘देउसी’ लाई विकृत बनाएको र रक्सीको खुलेआम प्रचार गरिएको तर्क आलोचकहरुको छ ।

‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका उनको ‘देउसी गीत’ मा अहिलेसम्म १७ लाखभन्दा बढी भ्यूज पाएको छ । ५० हजारले लाइक गरेका छन् । डिस्लाइक संख्या ५ हजार ८ सय छ । टिकटकमा पनि गीत निकै चलेको छ ।

हुन पनि देउसी गीतले देउसीलाई मोर्डनाइज गर्ने नाममा बढी नै उछृङ्खलता प्रदर्शन गरिएको छ । म्युजिक भिडियो हेर्दा बियरको विज्ञापनजस्तो देखिएको छ ।
नकारात्मक प्रतिक्रियाहरु धेरै आएपछि दुर्गेशले शुक्रबार युट्युबमा कमेन्ट नै ‘टर्न अफ’ गरिदिएका छन् । बिहीबारसम्म देखिएका हजारौं प्रतिक्रिया शुक्रबार एउटा पनि देखिँदैनन् भने नयाँ कमेन्ट लेख्न पनि नमिल्ने बनाईएको छ ।

र्याप शैलीमा यो देउसी गीत तयार पारिएको छ । गीतको मेलोडीले युवाहरुलाई छुन्छ । दुर्गेशको गायकीमा पनि निकै मिहिनेत झल्किन्छ । तर, केही शब्दमा चुक्दा उनको मिहिनेत ओझेलमा परेको भान हुन्छ ।‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’ भन्दै गीत सुरु हुन्छ ।

क्लव भित्र सुटिङ गरेर बनाइएको म्युजिक भिडियोमा युवायुवतीहरु बियर पिएर झुमेको देखाइएको छ । रक्सी चुरोट पिएको दृष्य देखाउँदा सचेतना सन्देश साथसाथै राख्नुपर्ने नियमको पालना गरिएको छैन ।

https://youtu.be/06xttOM_J_c

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top