भलिवल हेरेर घर फर्किदैं गर्दा कल्पनाको विभत्स हत्या

२ कात्तिक ७६, आइतबार

३ कात्तिक, भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिकामा धारिलो हतियार प्रहारबाट एक महिलाको विभत्स हत्या भएको छ ।

Advertisement

षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते भएकी छिन् ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा उनीहरुमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

Advertisement

हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको हो । गम्भीर घाइते नवीनाको चिउँडोमा चोट लागेको जनाइएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top