अस्पतालको यस्तो लापरवाही देव्रे घुँडाको अप्रेसनमा चिकित्सकले दाहीने चिरे

१२ फागुन ७४, आइतबार

काठमाडौं, फागुन १२
नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर लापरवाही गरेको पुष्टि भएको छ । अस्पतालका चिकित्सकले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरिदएको हो ।

चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचारार्थ नर्भिक अस्ताल आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए ।

रिपोर्ट हेरेपछि चिकित्सक डा. प्रविण नेपालले भ्याङ रहेको भन्दै अपरेशन गर्नु पर्ने राय दिए । विन्दु बिहीबार काठमाडौं आइन् र विमानस्थलबाट सिधै अपस्ताल पुगेकि थिइन् ।

Advertisement

उनी आफैं हिडेर अस्पताल गएकी थिइन् । तर, डा. नेपालले अपरशेन गर्नु पर्ने दोहोर्‍याएका थिए । अपरेशन गर्नुअघि परिवारका सदस्यले फेरि एमआरआई गरौं नभनेका पनि होइन । तर, डा. नेपालले पटक पटक एमआरआई नगरौं आरसस्टोपी गरेर हेर्छु भनेर अप्रेसन गरेका थिए ।

उनी शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन सुरु भयो । उनलाई अपरेशन कक्षमा झण्डै चार घन्टा राखियो । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाएका थिए ।

Advertisement

जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसे झै भए । नहुन पनि किन ? देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरिदिएछन् ।

त्यसबेलासम्म असपतालले केही भनेको थिएन । पीडित परिवार डाक्टर प्रविणलाई भेट्न पुगे । उनी भेटिएनन् । लगतै उनीहरु कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह कहाँ पुगे र उपचारका क्रममा भएको गम्भीर गल्ती सुनाए ।

विरामीका आफन्तका अनुसार सुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न आनाकानी गरेका थिए । तर, विरामीका आफन्तले यो मान्न अस्विकार गरे । दाहिने खुट्टाको अपरेशन गर्नु पूर्व आफूलाई जानकारी नदिएको मात्र होइन, कुन परीक्षणका आधारमा अपरेशन गर्नुभयो भन्ने प्रश्न गरे । छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक सिंहले पनि डाक्टर नेपालको तर्कसँग सहमत भएनन् ।

तर, अन्तिममा डा. नेपालले देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ भने भन्दै गल्ती स्वीकार गरे ।

शनिबार चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ ।

साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top