६० करोड मूल्यका झिलिमिली बत्ती भित्रिए, ९० प्रतिशत चीनबाट मात्रै

६ कात्तिक ७६, बिहीबार

७ कात्तिक, काठमाडौँ । 

दशैं सकिएसँगै यतिखेर बजारमा तिहारको माहोल बढेको छ । बजारमा तिहार तथा दिपावलीका लागि झिलिमिली बत्तीहरु खरिद गर्नेको भिड पनि बढेको छ । विभिन्न किसिमका बत्तीहरुले घर सजाउने र आफन्तजनहरुलाई शुभकामना दिनेहरु बढ्दै गएका छन् भने घरबाट टाढा रहेकाहरु पनि घर आउने जाने क्रम बढ्दो छ ।

पहिले लोडसेडिङको सास्तीले चाहे र खोजे जति बत्ती बाल्न पाउँदैनथे । तर, अहिले लोडसेडिङमुक्त भएपछि झिलिमिली बत्ती बाल्नेको संख्या पनि बढेको छ । तिहार दिपावलीका लागि प्रयोग गरिने बत्तीहरु खरिद गर्ने ग्राहकहरु पनि दिनप्रति दिन बढ्दै गएको ब्यापारीहरु बताउँछन् ।

Advertisement

डुम लाईट, पियानो लाईट, लेजर लाईट, झुमर, रेनफल लाईट, डिस्को लाईट, लेजर लाईट चीम लगायतका बत्तीहरु तिहार तथा दिपावलीमा बढि प्रयोग हुने गरेका छन् । व्यापारीहरुले हाल बजारमा सबैभन्दा बढी झुमर, चीम र डुम लाईट बढि बिक्री हुने एक व्यापारीले बताए ।

‘कहिले काहीँ दिनभर पनि त्यतिकै बसेर दिन कटाउनु पथ्र्यो’ न्युरोडका एक व्यापारीले भने–‘अहिले खाना खाने पनि फुर्सद छैन, दिनभर पसलमा ग्राहकको भिड लाग्ने गरेको छ, सबैभन्दा बढि झुमर र डुम लाईट बिक्री हुने गरेका छन् ।’

Advertisement

नेपालमा खरिद बिक्री हुने सम्पूर्ण बत्तिहरु चीन र भारतबाट आयात हुने गरेका छन् । यस पटक हालसम्म तिहारका लागि मात्रै चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत बत्तीहरु आयात भएको छ । चीनबाट आयात हुने बत्तीहरु भारतको भन्दा बढी सस्तो र आकर्षण हुने भएकोले बढी सामाग्री चीनबाट आयात हुने नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष सुदर्शन पौड्यालले बताए ।

तिहारमा आवश्यक पर्ने बत्तीहरुको आयात विगत वर्षहरुको तुलनामा कम भएको उनले बताए । गुणस्तरीय बत्तीहरु दुई तीन वर्ष चल्ने भएकोले धेरैसँग पुरानै बत्तीहरु हुन्छ । तिनीहरुले पुरानै प्रयोग गरेको र नयाँ ग्राहक मात्र बजारमा खरिद गर्न आउने भएकाले आयात कम भएको उनले बताए ।

पौड्यालले यकिन तथ्याङ्क नआई पुगेपनि करिब ६० करोड मूल्यका बत्तीहरु चीन र भारतबाट आयात भएको बताए । बजारमा वाट अनुसारको बत्तीको मूल्य तोकिएको छ ।

डुमलाईटको आठ सय पचास, ६० मिटर पियानो लाईटको एक हजार दुई सय, लजेर लाईटको एक हजार दुई सय, डिस्को लाईटको आठ सय पचास रुपैयाँ मूल्य रहेको छ । यस्तै सबैभन्दा बढी बिक्री हुने झुमरका पनि १ हजार देखि ३०÷ ४० हजारसम्म खरिद बिक्रि भइरहेका छन् ।

पहिलेको वर्ष नै खरिद गरिएका गुणस्तरीय एलइडी प्रयोग भएका झिलिमिली बत्तीहरुको प्रयोग बढेकै कारण व्यापारमा कमि आएको साथै उपभोक्ताहरुमा गत वर्षकै स्टक रहेकोले पनि पहिलेको भन्दा व्यापारमा कमी आएको महासंघले जनाएको छ ।

बत्तीहरुसँगै अहिले बजारमा लाईट, फोटो, स्टिकर, रंगिन बल्ब, लगायतका विभिन्न प्रकारका रङ्गीचङ्गी बत्तीहरु खरिद बिक्री भइरहेका छन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top