बेलायतमा प्रधानमन्त्री जोनसनको प्रस्ताव बहुमतले पारित, डिसेम्बर १२मा आम निर्वाचन हुने

१२ कात्तिक ७६, बुधबार

१३ कार्तिक, एजेन्सी । बेलायतमा यही डिसेम्बर १२ मा आम निर्वाचन हुने भएको छ । संसद्को तल्लो सदन हाउस अफ् कमन्सले समय अगावै आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेसँगै आम निर्वाचन हुने पक्का भएको हो ।

बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा निर्वाचन हुन लागेको हो । निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४ सय ३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसदहरुले मतदान गरेका थिए ।

अब माथिल्लो सदन हाउस अफ् लर्ड्सले उक्त विधेयक पारित गरे कानून बन्नेछ । माथिल्लो सदनले विधेयक पारित गरेसँगै निर्वाचन प्रचारका लागि पाँच हप्ताको समय बाँकी रहने बताइएको छ ।

Advertisement

प्रधानमन्त्री जोनसनले युरोपियन युनियनबाट बाहिरिने ब्रेक्जिटबारे निर्णय लिने अवसर बेलायती नागरिकलाई दिनुपर्ने बताएका छन् ।

निर्वाचनसँगै ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री जोनसनले विश्वास व्यक्त गरेका छन् । पछिल्लो चाँच वर्षमा बेलायतमा यो पाँचौ पटक निर्वाचन हुन लागेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top