पिङको विषयमा विवाद हुँदा ६ जना घाइते

१२ कात्तिक ७६, बुधबार

१३ कात्तिक, रामेछाप ।
पिङको विषयमा विवाद हुँदा रामेछापको गोकुलगंगमा दुई समूहबिच खुकुरी हानाहान भएको छ । गोकुलगंगा–६ फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबिच झडप भएको हो ।

घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सुशील तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् ।

उनीहरुको सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Advertisement

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोको विषयलाई लिएर राति पनि विवाद बढेपछि खुकुरी हानाहान भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top