‘मुनामदन’ हेर्न दर्शकको भीड थाम्न आयोजकलाई हम्मेहम्मे

१५ फागुन ७४, मंगलबार
Share this
771shares

विराटनगर, फागुन १५
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित नाटक ‘मुनामदन’ हेर्न विराटनगरस्थित आरोहण गुरुकुलमा दर्शकको भीड थाम्न आयोजकलाई हम्मेहम्मे परेको छ ।

Advertisement

विराट आदर्श साहित्य मञ्चको आयोजनामा गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबारदेखि सुरु मुनामदन नाटक हेर्न विद्यालय, क्याम्पसका साथै अभिभावकहरुको समेत अत्यधिक भीड लागेको छ ।

हरेक दिन १२ र ३ बजे मञ्चन हुने नाटकमा चाप बढेपछि आयोजकले दर्शकलाई भुइँमा गुन्द्री र दरी बिछ्याएर राख्नुपरेको छ । मुनामदनको नाट्य रुपान्तरण कटुवाल दीपकले गरेका हुन् भने निर्देशन सुदीप कार्कीले गरेका छन् । महाकवि देवकोटाले कृति ‘मुनामदन’ नाटकमा रुपान्तरण गरी रंगकर्मीमा डेब्यू गरेका कलाकारले सशक्त अभिनय गरेका छन् ।

Advertisement

विराटनगर र आसपासका विद्यालय र क्याम्पसले अग्रिम शो नै बुक गरेर विद्यार्थीलाई नाटक हेर्न ल्याउने गरेको निर्देशक सुदीप कार्कीले बताए । १ घन्टा १५ मिनेट लामो नाटक दर्शकले अत्यधिक रुचाएपछि मञ्चनको समय १ दिन थप गरिएको आयोजक संस्थाका सचिव कट्वाल दीपकले जानकारी दिए ।

आजसम्म मञ्चन गर्ने तयारी गरिए पनि भोलि बुधबारमात्रै नाटकको समापन गरिने उनले बताए । नाटकमा सरु कटुवाल, लकेश दंगाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top