Nepal Times
Nepal Times
3
Shares

व्यपारी आक्रमणका आरोपमा पक्राउ परेका गुरुङलाई ६ दिनको म्याद थप

व्यपारी आक्रमणका आरोपमा पक्राउ परेका गुरुङलाई ६ दिनको म्याद थप

विराटनगर, फागुन १५
विराटनगरका व्यापारी पशुपति भगतमाथि सांघातिक आक्रमणको आरोपमा पक्राउ परेका एलिश गुरुङलाई ६ दिनको म्याद थप गरिएको छ ।

शुक्रबार राति पक्राउ गरिएका गुरुङलाई प्रहरीले आईतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । गुरुङलाई सार्वजनिक अपराधको मुद्दामा ६ दिनको म्याद थप गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

हाल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका गुरुङको बिषयमा थप छानबिन भइरहेको एसपी बिसीले बताए । एक महिनाअघि गुद्री बजार सब्जी मण्डी संघका अध्यक्ष पशुपति भगतमाथि सांघातिक आक्रमण गर्नुका साथै उनलाई पटकपटक धम्क्याएको गुरुङ माथि आरोप छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.