विराटनगर, फागुन १५
सीरियामा भई रहेको मानव नरसंहारको नेपाली समुदायले विरोध जनाएको छ । काठमाडौंको माइतीघर मण्डलामा एक कार्यक्रम गरी नेपाली समुदायले विरोध जनाएको हो ।
विरोधसभामा समाजिक ,साहित्यिक, शैक्षिक क्षेत्रका अगुवाको सहभागिता थियो । बिरोध प्रदर्शनमा वक्ताहरुले नेपाली समुदाय मानवता पक्षधर भएकाले सीरियन जनताहरुको साथमा रहेको बताए ।
सो अबसरमा अधिवक्ता गोबिन्द बेदीले अमेरिकी चाल र कुटनीति बारे सबै जागरूक हुनु पर्ने बताए । उनले नेपाल गरीब राष्ट्रको सुचिमा परेपनि मानवताको पक्षधर रहेकोले कूटनीतिक तवरले अंतर्राष्ट्रीय स्तरमा सीरियामा जारी वैदेशिक हस्तक्षेपको बिरोध गर्नु पर्ने बताए ।
शैक्षिक क्षेत्रमा कार्यरत लिनु चापागाईले नेपाली अन्याय र अत्याचारको बिरुद्ध लड़न साहसी भएको बताइन । अन्तर्राष्ट्रीय मानव अधिकारवादी , बाल बालिका, महिला ,वातावरणीय संघ संस्थाहरुले अहिले सम्म कुनै पनि प्रतिक्रिया नदिएकोले वक्ताहरु खेद प्रकट गरेका छन ।