NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म बुधबार असार १८ , २०८२
एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को? बुधबार असार १८ , २०८२
निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी! बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

महाकविलाई सम्झँदै रचनामार्फत विसङ्गतिविरुद्ध व्यङ्ग्य

शनिबार कार्तिक १६ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
महाकविलाई सम्झँदै रचनामार्फत विसङ्गतिविरुद्ध व्यङ्ग्य

dxfsljsf] ;Demgfdf slj uf]i7L sf7df8f}+F, !^ sflQs -/f;;_ M dxfslj nIdLk|;fb b]jsf]6fsf] !!!cf}F hGdhoGtLsf] cj;/df ljzfngu/ k':tsfnoåf/f zlgaf/ sf7df8f}Fsf] xfF8LufpFdf cfof]lht ljz]if slj uf]i7LnfO{ ;Daf]wg ug'{x'Fb} jl/i7 ;flxTosf t'n;L lbj; . t:jL/ M gf/fo0f 9'ªufgf

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ कात्तिक, काठमाडौँ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै कवि, कवयत्री, कलाकार, पत्रकार, गायक र चलचित्रकर्मीहरुले शनिबार काठमाडौँमा विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय आ–आफ्ना रचनामार्फत छरपष्ट पारेका छन् ।

छन्दमा समेटिएका कवितामा मात्रै होइन स्रष्टाका मुक्तक र गजलमा उपस्थित दर्शक मोहित बने । अधिकांश कविहरुले समसामयिक घटनाक्रम र विकृति, विसङ्गतिविरुद्ध तिखो व्यङ्ग्य प्रहार गरेका थिए । उनीहरुको प्रस्तुतिमा समर्थन जनाउँदै उपस्थित दर्शकले ताली बजाएर स्वागत गरे ।

Advertisement

स्रष्टाहरुको भीडमा उपस्थित वरिष्ठ साहित्यकार तुलसी दिवसको मन रचनावाचन नगरी बस्न मानेन । प्रेम किशोर–किशोरीबीच मात्रै हुँदैन । आमा र सन्तानबीचको माया, वृद्धवृद्धा तथा बालबालिकाबीचको माया फरक–फरक हुन्छ । कविताको अर्थ एकल पनि हुँदैन । कवि या पाठकले आफ्नो ढङ्गले अर्थ लगाएर बुझ्न सक्छ । कविले लेखेकै अर्थमा बुझ्नुपर्छ भन्ने छैन । साहित्यकार दिवसले आफ्नो कविताको अर्थ लगाउने जिम्मा दर्शकलाई छाड्दै यसरी रचना प्रस्तुत गरे ।

तिमी नखोज मलाई बाहिर
म तिमै आँखाको नानीमा बसिरहेछु
सित्तै किन रोयौ मलाई सम्झेर
म तिमै्र आँखाको नानीमा बगिरहेछु…

महाकवि देवकोटाको १११औँ जन्मजयन्तीको अवसरमा विशालनगर पुस्तकालयद्वारा काठमाडौँको हाँडीगाउँमा भएको विशेष कविगोष्ठीमा उहाँले प्रस्तुत गरेको कवितामा प्रेमभाव झल्किन्छ ।

देवकोटाको प्रतीभा बाढी र झरीजस्तै अनियन्त्रित रहेको उल्लेख गर्दै दिवसले महाकवि देवकोटासामु कवितावाचन गर्दाको क्षण स्मरण गर्नुभयो । कविता तालीभन्दा माथि या तल भए पनि त्यसको मर्म सशक्त र सवल हुनुपर्ने त्यहीबेला देवकोटाले आफ्नो कविताको प्रशंसा गरेकोबाट महसुस भएको उनले अनुभव सुनाए ।

झण्डै ४० कवि तथा कवयत्रीले रचनावाचन गरेको गोष्ठीमा उपस्थित कलाकार, पत्रकार, गायक, चलचित्रकर्मीदेखि नयाँ र पुराना स्रष्टाले राजनीतिप्रति तिखो व्यङ्ग्यसँगै विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय रचनामार्फत उठान गरेका थिए ।

आसन्न मृत्यु खोकीराख्यौँ
बोझ जिन्दगीको बोकीराख्यौँ
गाँस नाता अँध्यारोसित
उज्यालो सधैँ खोजी राख्यौँं…

गजलका हस्ती ज्ञानुवाकर पौडेलको एक मात्रै गजलले उपस्थित स्रष्टाको वाहवाही पाएको थियो । कवयत्री डा बेञ्जु शर्माले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ‘निस्त्रीह साँझ’ शीर्षकमा शोक कविता प्रस्तुत गर्नुभयो ।

अलिनो मेरो बस्तीभित्र साँझ विस्तारै ओर्लँदैछ
ज्वरोले दिमाग झ्याप्प छोपेजस्तो
सुगरको रोगीको थकित गोडामा
सूर्यको शक्ति शिथिल भएर
एउटा निष्पन्ध तलाउको आँखामा
कुनै धापभित्र विस्तारै केही पुरिँदैजस्तो

त्यसो त चलचित्र निर्देशक दयाराम दाहाल पनि रचनावाचन नगरी बस्न सक्नुभएन । क्यामरा अघि बसेर सधैँ ‘एक्सन र कट्’मा रमाउने दाहालले कविता र फिल्मको अलग–अलग बाटोलाई जोड्ने प्रयास गर्दै कवितावाचन गर्नुभयो ।

हामी बाँडियौँ, नराम्रोसँग बाँडियौँ
कित्ता–कित्तामा बाँडियौँ,
कित्ता नम्बर एक, दुई, तीन… भन्दै
अलग–अलग कित्तामा बाँडियौँ
हामी दिन प्रतिदिन नराम्रोसँग बाँडियौँ
र त हामी भाँडियौँ…

उनको कवितामा साझा हितलाई छाडेर राजनीति, सङ्घसंस्था, समूह तथा जातजाति र धर्ममा मानिस बाँडिएकोप्रति व्यङ्ग्य मिसिएको थियो । हरेक तिहारमा समसामयिक विषयमा दुनियाँलाई डाम्दै आएको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेको व्यङ्ग्यात्मक कवितामा उपस्थित स्रष्टा पेट मिचिमिचि हाँसे । उनले समसामयिक विकृति, विसङ्ति र नेताका झुटा आश्वासनविरुद्ध कवितामार्फत छेडछाड गरे ।

…माथिमाथि जानुछ
छिटोभन्दा छिटो चन्द्रमा छुनुछ
त्यसैले यात्रीहरु,
सबैले शिर ठाडोठाडो गर्नु
कोही ननिहुरिनु, भुईँतिर नहेर्नु
भूईँतिर हेरेर धुलो उड्यो नभन्नु
हिलो भयो नभन्नु
महङ्गी, खानेपानी र रोगका कुरा नगर्नु
पहिरो, बाढी र भोकका कुरा नगर्नु
महान् यात्राको शुभसाइतमा मसिना थाङ्ना कुरा
गर्दै नगर्नु…

गोष्ठीमा उपस्थित सिमित कवयत्रीहरुले महिलाका पीडा वेदना, सामाजिक असमानता र आमाको महत्वका बारेमा रचनावाचन गर्नुभएको थियो । मेनका पोखरेलले रचनामार्फत ‘छोरो नदेऊ’ शीर्षकमा सामाजिक दासताबाट पाएको सामाजिक पीडा समेटेर विद्रोहको चेत छर्दै छोराछोरीको समान महत्वबारे प्रष्ट्याए ।

गोष्ठीमा आ–आफ्ना रचनामार्फत कवि रवीन्द्र आशिषले ‘छायाँ’ शीर्षकमा, मदन कार्कीले स्वाभिमानी र आत्मनिर्भर बाँसको कथा, रुद्र अधिकारीले यथार्थपरक मुक्तक, डम्बर घिमिरेले समसामयिक व्यङ्ग्य, विजयध्वज थापाले देशप्रेमको भाव, रामबहादुर पहाडीले पाँच लाइनमा रहने गजल र मुक्तकबीचको ‘लिम्रिक’ विधाबाट जो पनि शहीद बन्ने प्रसङ्गलाई व्यङ्ग्यात्मकरूपमा कोट्याए । गोष्ठीमा त्रिभुवनचन्द्र वाग्ले, गायक भुवन शिवाकोटी, रुद्र अधिकारी, अनिता लामा, उर्मिला पन्त, महेन्द्रबहादुर गुरुङलगायतले रचनावाचन गरे ।

कवि रोचक घिमिरेले महाकवि देवकोटासँग आफ्नो साक्षात्कार भएको प्रसङ्ग जोड्दै जन्मजात प्रतिभावान देवकोटा पछिल्लो समयमा भनिएजस्तो गरीब पनि नभएको र मनोरोगी पनि नभएको जिकिर गरे ।

घनघोर दुःख सागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै, मर्नु छ हामीलाई..

देवकोटाले १० वर्षको उमेरमा कोरेको उक्त कविताले नै उहाँको जन्मजात प्रतिभालाई प्रष्ट्याउँछ । विसं १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाको दिन जन्मनुभएका देवकोटाको १९८५ साल वैशाख १८ र २५ गते गोरखापत्रमा पहिलो कविता छापिएको जानकारी दिँदै कवि घिमिरेले उक्त कवितालाई २०६९ सालमा आफूले ‘रचना’ पत्रिकामा समावेश गरेको जानकारी दिनुभयो ।

कतिपय साहित्यकारहरुले १९९१ सालमा लेखिएको ‘पूर्णिमाको जलधि’लाई देवकोटाको पहिलो कविता भनेर उल्लेख गरेकामा उनले रोष प्रकट गरे ।

महाकवि देवकोटाको जुद्धशम्शेरबारे ‘समर्पण’ शीर्षकमा लेखिएको पुस्तक पहिलो भएको जानकारी दिँदै घिमिरेले अझै धेरै पाण्डुलिपिहरु प्रकाशित हुननसकेको उल्लेख गरे । वरिष्ठ गजलकार पौडेलले पछिल्लो समयमा साहित्यकारहरुमा पठन र सुन्ने संस्कृति नभएको जिकिर गर्दै आफूले कवितावाचन गरेपछि घर हिँड्ने चलन स्वयं कविका लागि नै घातक हुने बताए । कविहरुले महाकवि देवकोटाको, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन.., कुन मन्दिरमा जान्छौ यात्री…लगायत कविता लय हालेर प्रस्तुत गरेका थिए ।

आयोजक विशालनगर पुस्तकालय २०१९ सालमा स्थापना भएको हो । यसले साहित्यिक कार्यक्रमसँगै बुद्धिचाल, ब्याडमिन्टन प्रतियोगितालगायत विभिन्न खेलकूद कार्यक्रमसँगै सामाजिक सचेतना र सहयोगका कार्यक्रम गर्दै आएको छ । पुस्तकालयका अध्यक्ष सुनिल कर्माचार्य र सदस्य गणेश श्रेष्ठले विगत २४ वर्षदेखि महाकवि देवकोटाको सम्झनामा यहाँ कविगोष्ठी गर्दै आएको जानकारी दिँदै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।नारायण ढुङ्गाना/रासस

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

बुधबार असार १८ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

बुधबार असार १८ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

बुधबार असार १८ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?
ताजा समाचार

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

बुधबार असार १८ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.