×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-13-2082 || Nepal Times
Mar 27, 2026
Playing
बालेन मधेसी प्रधानमन्त्री कि नेशनल आइकन ? || Nepal Times
Mar 27, 2026
Playing
“खेलमा खेलाडी, राजनीतिमा नेता” – मन्त्री सस्मित पोखरेलको स्पष्ट सन्देश|| Nepal Times
Mar 27, 2026
Playing
कानुन मन्त्री सोविताले पहिलो निर्णय के गरिन् ?|| Nepal Times
Mar 27, 2026
Playing
अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजश्व अनुसन्धान विभाग खारेज प्रक्रिया सुरु|| Nepal Times
Mar 27, 2026
Playing
बालेन सरकारका पहिलो ४ निर्णयहरु के के हुन् ? || Nepal Times
Mar 27, 2026
Playing
पहिलो दिननै बालेन व्यस्त, प्रशासन सतर्क, बधाईको ओइरो|| Nepal Times
Mar 27, 2026
Playing
नवनियुक्त गृहमन्त्री: सुधन गुरुङले भने–बोल्ने होइन, काम देखाउँछौँ!|| Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेन शाह: पहिलो दिनमा देशप्रतिको श्रद्धा र सम्मान
Mar 27, 2026
Playing
शंखनादसँगै नयाँ युगःकस्तो हुनेछ बालेन्द्रको शासन? || Nepal Times
Mar 27, 2026
Playing
अर्थमन्त्री स्वर्णिमको पहिलो निर्णन नै बोल्ड, कस्तो छ उनको करियर ? || Nepal Times
Mar 27, 2026
Playing
सबैको आशाको पात्र प्रधानमन्त्री बालेन|| Nepal Times
Mar 27, 2026
Playing
वादी समुदायको पहिलो मन्त्री, इतिहास बदल्दै सीता बनिन् मन्त्री || Nepal Times
Mar 27, 2026
Playing
बालेन शाह: नयाँ नेपालको नयाँ अनुहार |Beyond Headlines: Understanding PM Balen Shah
Mar 27, 2026
Playing
ट्रम्प भन्छन् ‘प्रगति’, इरान भन्छ ‘झूट’, सत्य के हो ?|| Nepal Times
Mar 27, 2026
Playing
World News: इरानी मिसाइले भारतीय र पाकिस्तानीको मृ*त्यु, किमलाई कसले दियो राइ*फल ? || Nepal Times
Mar 27, 2026
Playing
दोलखा लाप्चाबाट सम्पर्कविहीन भयो हेलिकप्टर || Nepal Times
Mar 27, 2026
Playing
जेनजी आ न्दो लनमा पानी बाँड्न निस्किएका सुदन देशको गृहमन्त्री || Nepal Times
Mar 27, 2026
Playing
इरान–युएस सम्झौता सम्भावनाले नेतन्याहु संकटमा, मोज्तबा समलिङ्गी ! || Nepal Times
Mar 27, 2026
Playing
टिम बालेनको प्रोफाइलः कसका के विशेषता ? || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बनेपछि बालेनले बनाएका ७ रेकर्डहरू || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेनको शपथमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली गएनन् || Nepal Times
Mar 27, 2026
Playing
Top 15 Afternoon News || Mar-27-2026 || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेन्द्रको सपथ समारोह, शंखनाद, स्वस्ति वाचनदेखि मंगलपाठसम्म || Nepal Times
Mar 27, 2026
Playing
बालेनका १५ सारथि को कस्ता ? || Nepal Times
Mar 27, 2026

महाकविलाई सम्झँदै रचनामार्फत विसङ्गतिविरुद्ध व्यङ्ग्य

१६ कार्तिक २०७६

१६ कात्तिक, काठमाडौँ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै कवि, कवयत्री, कलाकार, पत्रकार, गायक र चलचित्रकर्मीहरुले शनिबार काठमाडौँमा विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय आ–आफ्ना रचनामार्फत छरपष्ट पारेका छन् ।

Advertisement

छन्दमा समेटिएका कवितामा मात्रै होइन स्रष्टाका मुक्तक र गजलमा उपस्थित दर्शक मोहित बने । अधिकांश कविहरुले समसामयिक घटनाक्रम र विकृति, विसङ्गतिविरुद्ध तिखो व्यङ्ग्य प्रहार गरेका थिए । उनीहरुको प्रस्तुतिमा समर्थन जनाउँदै उपस्थित दर्शकले ताली बजाएर स्वागत गरे ।

स्रष्टाहरुको भीडमा उपस्थित वरिष्ठ साहित्यकार तुलसी दिवसको मन रचनावाचन नगरी बस्न मानेन । प्रेम किशोर–किशोरीबीच मात्रै हुँदैन । आमा र सन्तानबीचको माया, वृद्धवृद्धा तथा बालबालिकाबीचको माया फरक–फरक हुन्छ । कविताको अर्थ एकल पनि हुँदैन । कवि या पाठकले आफ्नो ढङ्गले अर्थ लगाएर बुझ्न सक्छ । कविले लेखेकै अर्थमा बुझ्नुपर्छ भन्ने छैन । साहित्यकार दिवसले आफ्नो कविताको अर्थ लगाउने जिम्मा दर्शकलाई छाड्दै यसरी रचना प्रस्तुत गरे ।

तिमी नखोज मलाई बाहिर
म तिमै आँखाको नानीमा बसिरहेछु
सित्तै किन रोयौ मलाई सम्झेर
म तिमै्र आँखाको नानीमा बगिरहेछु…

महाकवि देवकोटाको १११औँ जन्मजयन्तीको अवसरमा विशालनगर पुस्तकालयद्वारा काठमाडौँको हाँडीगाउँमा भएको विशेष कविगोष्ठीमा उहाँले प्रस्तुत गरेको कवितामा प्रेमभाव झल्किन्छ ।

देवकोटाको प्रतीभा बाढी र झरीजस्तै अनियन्त्रित रहेको उल्लेख गर्दै दिवसले महाकवि देवकोटासामु कवितावाचन गर्दाको क्षण स्मरण गर्नुभयो । कविता तालीभन्दा माथि या तल भए पनि त्यसको मर्म सशक्त र सवल हुनुपर्ने त्यहीबेला देवकोटाले आफ्नो कविताको प्रशंसा गरेकोबाट महसुस भएको उनले अनुभव सुनाए ।

झण्डै ४० कवि तथा कवयत्रीले रचनावाचन गरेको गोष्ठीमा उपस्थित कलाकार, पत्रकार, गायक, चलचित्रकर्मीदेखि नयाँ र पुराना स्रष्टाले राजनीतिप्रति तिखो व्यङ्ग्यसँगै विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय रचनामार्फत उठान गरेका थिए ।

आसन्न मृत्यु खोकीराख्यौँ
बोझ जिन्दगीको बोकीराख्यौँ
गाँस नाता अँध्यारोसित
उज्यालो सधैँ खोजी राख्यौँं…

गजलका हस्ती ज्ञानुवाकर पौडेलको एक मात्रै गजलले उपस्थित स्रष्टाको वाहवाही पाएको थियो । कवयत्री डा बेञ्जु शर्माले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ‘निस्त्रीह साँझ’ शीर्षकमा शोक कविता प्रस्तुत गर्नुभयो ।

अलिनो मेरो बस्तीभित्र साँझ विस्तारै ओर्लँदैछ
ज्वरोले दिमाग झ्याप्प छोपेजस्तो
सुगरको रोगीको थकित गोडामा
सूर्यको शक्ति शिथिल भएर
एउटा निष्पन्ध तलाउको आँखामा
कुनै धापभित्र विस्तारै केही पुरिँदैजस्तो

त्यसो त चलचित्र निर्देशक दयाराम दाहाल पनि रचनावाचन नगरी बस्न सक्नुभएन । क्यामरा अघि बसेर सधैँ ‘एक्सन र कट्’मा रमाउने दाहालले कविता र फिल्मको अलग–अलग बाटोलाई जोड्ने प्रयास गर्दै कवितावाचन गर्नुभयो ।

हामी बाँडियौँ, नराम्रोसँग बाँडियौँ
कित्ता–कित्तामा बाँडियौँ,
कित्ता नम्बर एक, दुई, तीन… भन्दै
अलग–अलग कित्तामा बाँडियौँ
हामी दिन प्रतिदिन नराम्रोसँग बाँडियौँ
र त हामी भाँडियौँ…

उनको कवितामा साझा हितलाई छाडेर राजनीति, सङ्घसंस्था, समूह तथा जातजाति र धर्ममा मानिस बाँडिएकोप्रति व्यङ्ग्य मिसिएको थियो । हरेक तिहारमा समसामयिक विषयमा दुनियाँलाई डाम्दै आएको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेको व्यङ्ग्यात्मक कवितामा उपस्थित स्रष्टा पेट मिचिमिचि हाँसे । उनले समसामयिक विकृति, विसङ्ति र नेताका झुटा आश्वासनविरुद्ध कवितामार्फत छेडछाड गरे ।

…माथिमाथि जानुछ
छिटोभन्दा छिटो चन्द्रमा छुनुछ
त्यसैले यात्रीहरु,
सबैले शिर ठाडोठाडो गर्नु
कोही ननिहुरिनु, भुईँतिर नहेर्नु
भूईँतिर हेरेर धुलो उड्यो नभन्नु
हिलो भयो नभन्नु
महङ्गी, खानेपानी र रोगका कुरा नगर्नु
पहिरो, बाढी र भोकका कुरा नगर्नु
महान् यात्राको शुभसाइतमा मसिना थाङ्ना कुरा
गर्दै नगर्नु…

गोष्ठीमा उपस्थित सिमित कवयत्रीहरुले महिलाका पीडा वेदना, सामाजिक असमानता र आमाको महत्वका बारेमा रचनावाचन गर्नुभएको थियो । मेनका पोखरेलले रचनामार्फत ‘छोरो नदेऊ’ शीर्षकमा सामाजिक दासताबाट पाएको सामाजिक पीडा समेटेर विद्रोहको चेत छर्दै छोराछोरीको समान महत्वबारे प्रष्ट्याए ।

गोष्ठीमा आ–आफ्ना रचनामार्फत कवि रवीन्द्र आशिषले ‘छायाँ’ शीर्षकमा, मदन कार्कीले स्वाभिमानी र आत्मनिर्भर बाँसको कथा, रुद्र अधिकारीले यथार्थपरक मुक्तक, डम्बर घिमिरेले समसामयिक व्यङ्ग्य, विजयध्वज थापाले देशप्रेमको भाव, रामबहादुर पहाडीले पाँच लाइनमा रहने गजल र मुक्तकबीचको ‘लिम्रिक’ विधाबाट जो पनि शहीद बन्ने प्रसङ्गलाई व्यङ्ग्यात्मकरूपमा कोट्याए । गोष्ठीमा त्रिभुवनचन्द्र वाग्ले, गायक भुवन शिवाकोटी, रुद्र अधिकारी, अनिता लामा, उर्मिला पन्त, महेन्द्रबहादुर गुरुङलगायतले रचनावाचन गरे ।

कवि रोचक घिमिरेले महाकवि देवकोटासँग आफ्नो साक्षात्कार भएको प्रसङ्ग जोड्दै जन्मजात प्रतिभावान देवकोटा पछिल्लो समयमा भनिएजस्तो गरीब पनि नभएको र मनोरोगी पनि नभएको जिकिर गरे ।

घनघोर दुःख सागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै, मर्नु छ हामीलाई..

देवकोटाले १० वर्षको उमेरमा कोरेको उक्त कविताले नै उहाँको जन्मजात प्रतिभालाई प्रष्ट्याउँछ । विसं १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाको दिन जन्मनुभएका देवकोटाको १९८५ साल वैशाख १८ र २५ गते गोरखापत्रमा पहिलो कविता छापिएको जानकारी दिँदै कवि घिमिरेले उक्त कवितालाई २०६९ सालमा आफूले ‘रचना’ पत्रिकामा समावेश गरेको जानकारी दिनुभयो ।

कतिपय साहित्यकारहरुले १९९१ सालमा लेखिएको ‘पूर्णिमाको जलधि’लाई देवकोटाको पहिलो कविता भनेर उल्लेख गरेकामा उनले रोष प्रकट गरे ।

महाकवि देवकोटाको जुद्धशम्शेरबारे ‘समर्पण’ शीर्षकमा लेखिएको पुस्तक पहिलो भएको जानकारी दिँदै घिमिरेले अझै धेरै पाण्डुलिपिहरु प्रकाशित हुननसकेको उल्लेख गरे । वरिष्ठ गजलकार पौडेलले पछिल्लो समयमा साहित्यकारहरुमा पठन र सुन्ने संस्कृति नभएको जिकिर गर्दै आफूले कवितावाचन गरेपछि घर हिँड्ने चलन स्वयं कविका लागि नै घातक हुने बताए । कविहरुले महाकवि देवकोटाको, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन.., कुन मन्दिरमा जान्छौ यात्री…लगायत कविता लय हालेर प्रस्तुत गरेका थिए ।

Advertisement

आयोजक विशालनगर पुस्तकालय २०१९ सालमा स्थापना भएको हो । यसले साहित्यिक कार्यक्रमसँगै बुद्धिचाल, ब्याडमिन्टन प्रतियोगितालगायत विभिन्न खेलकूद कार्यक्रमसँगै सामाजिक सचेतना र सहयोगका कार्यक्रम गर्दै आएको छ । पुस्तकालयका अध्यक्ष सुनिल कर्माचार्य र सदस्य गणेश श्रेष्ठले विगत २४ वर्षदेखि महाकवि देवकोटाको सम्झनामा यहाँ कविगोष्ठी गर्दै आएको जानकारी दिँदै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top