×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमसीसी विशाल योगफलतर्फ अग्रसर, पहिलो दिन ३११ रन

२० कार्तिक २०७६

२० कात्तिक, काठमाडौँ ।
नेपाल भ्रमणमा रहेको पाहुना टोली एमसीसी नेपालको राष्ट्रिय टोली बिरुद्ध बलियो स्थितिमा पुगेको छ । नेपाल र एमसीसी बीच कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मेदानमा जारी तीन दिने एक दिवसीय प्रथम श्रेणी अन्तर्गत पहिलो दिनको खेलमा एमसीसीले ८७ ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ११ बनाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एमसीसीले ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोड्न सफल भएको हो । एमसीसीका यासिर अराफात ३५ तथा एलेक्स थोम्पसन २२ रनमा अविजित रहे । यस्तै एमसीसीको लागि ओपनर विल रोड्सले सर्वाधिक ७३ रनको योगदान गरे । १ सय १० बलको सामना गरेका रोड्सले १२ चौका प्रहार गरे ।

Advertisement
Advertisement

पहिलो विकेटको रुपमा बिल गडलम्यान १० रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि रोड्सले टम वेस्टलेले ९४ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । दोश्रो सेसनको सुरुवातमा सोमपालले रोड्सलाई बोल्ड गर्दै साझेदारी तोड्दै पवेलियन फर्काउँदा ३९ रन बनाएका टम वेस्टलेलाई शरद भेसावकरले एलबिडब्लको धरापमा पार्दै मैदान बाहिर पठाए ।

चौथो विकेटको लागि माइल्स ह्यामन्ड र विल भान्डस्र्परले ४९ रनको साझेदारी गर्दा शरदले ५२ रन बनाएका ह्यामन्डलाई बोल्ड गर्दै साझेदारीलाई तोडे । ५३ रन बनाएर भान्डस्र्पर पनि सन्दिपबाट एलबिडब्लुको धरापमा परे । सातौँ विकेटको रुपमा साझेदारी गर्दै यासिर अराफात र एलेक्स थोम्पसनले ३ सय रन पूरा गरे । ९६ ओभरको खेल हुने बताईएता पनि खराब प्रकासका कारण ब्याट्सम्यानहरु खेल्न नमानेपछि ८७ ओभर मात्र खेल सम्भव भएको होे ।

बलिङ तर्फ नेपालका सोमपाल कामीले १७ ओभर गर्दै ५० रन खर्चिदा ३ मेडन ओभर राख्दै दुई विकेट लिए । यस्तै २४ ओभर बलिङ गरेको सन्दिप लामिछानेले ८१ रन खर्चिएर २ विकेट हात पार्दा ३ मेडन ओभर गरे । यस्तै शरद भेषावाकरले पनि २ विकेट हात पारे । १० ओभर बलिङ गरेका शरदले १ मेडन ओभर राख्दै ३५ रन खर्चिए । यस्तै करन केसी, आरिफ शेख, ललित राजबंशी, दिपेन्द्र ऐरिले बलिङ गरे पनि विकेट हात पार्न सकेनन् ।

Advertisement

नेपालका १० खेलाडीले प्रथम श्रेणीमा डेब्यु गर्दा शरद र सोमपाल भने प्रथम श्रेणीको खेल खेलिसकेका छन् । सोमपाल कामिले यस अघि श्रीलंकाको घरेलु क्रिकेट खेल्दा प्रथम श्रेणी क्रिकेट खेलेका थिए भने शरदले २००५ र २००६ को इन्टर कन्टिनेन्टल कपमा अनुभव लिएका थिए । दोस्रो दिनको खेल बिहीबार हुनेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top