×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काकाकुल काठमाडौका लागि मेलम्चीको आशा

२३ कार्तिक २०७६

२३ कात्तिक, काठमाडौं । इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरु गरको छ । कम्पनीले ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारबाट काम सुरु गरी सकेको छ । कम्पनीले आउदो असार मसान्तभित्र पानी सुन्दरीजल खसाल्ले योजनाका साथ हप्ता दिन भित्र थप एक सय कामदार थपेर दुई सिफ्टमा काम गर्ने भएको छ ।

Advertisement
Advertisement

कम्पनीले मिति नै घोषणा गरेर काम सुरु गरेपनि मेलम्चीको पानी अबको छ महिनामा काठमाडौं आउनेमा विश्वस्थ हुनसक्ने कुनै आधार भने देखिदैन । कामदारहरुको रकम सीएमसीले भुक्त्तानी गर्न नसकेका कारण स्थानीय ठेकेदारहरुले काम अवरोध गर्ने संभावना देखिएको छ ।


सीएमसीले स्थानीय ठेकेदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यता, स्थानीयबासी सडक पूर्वाधार निमार्णमा भएको ढिलाईलाई लिएर आक्रोशित छन् । उनीहरुले सिन्धुपाल्चोकको पानी काठमाडौं लाने भए रोयल्टी बाँडफाँड, एक घर एक धारा उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै आएका छन । अनुगमनका लागि पुगेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सँग सिन्धुपाल्चोका जनप्रतिनिहरुले मेलम्ची, सिन्धु र हेलम्वुका समस्या समाधान नभए अवरोध हुनसक्ने बताएका छन् ।

अनुगमनमा मेलम्ची पुगेकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्थानीय जनताका मागलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताइन्। उनले समस्या समाधान गरी छिटो काम सम्पन्न गर्न सरकार अडिग रहेको बताईन्।

 

यस्तै, सांसदहरु सहित मेलम्ची खानेपानी आयोजना अनुगमनका लागि पुगेकी प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले पनि स्थानीयको माग सम्बोधन गर्न समितिले पहल गर्ने बताइन् ।

Advertisement


सरकारले निर्धारीत समयमा काम सम्पन्न गरे बोनस दिने र ढिलो गरे फाइन तिर्नेगरी सम्झौता गरेको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top