×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमसीसीसँग नेपाल ११३ रनले पराजित

२३ कार्तिक २०७६

२३ कात्तिक, काठमाडौँ ।
नेपाली क्रिकेट टोलीले मेरिलेबोन क्रिकेट (एमसीसी) सँग भएको टि–ट्वान्टी खेलमा लज्जास्पद हार बेहारेको छ । शनिबार काठमाडौँको टियू मैदानमा भएको खेलमा नेपाल एमसीसीसँग १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

जितमा लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाली मिश्रीत टोली १३.१ ओभरमा अल आउट हुँदै ७६ रनमा समेटियो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालले सुरुवात देखीनै खराब प्रर्दशन गर्यो । दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई ओलिभर डल्बीले ४ रनमा क्याच आउट गराए ।

Advertisement
Advertisement

तेस्रो ओभरको पाँचौ बलमा कुशल भर्तेल ३ चौका सहित १४ रनमा क्याच आउट भए । ओलिभरले चौथो ओभरको पाँचौ बलमा अमित श्रेष्ठलाई १ रनमा आउट गराए । कप्तान रोहित कुमार पौडेल ६ र सन्दीप जोरा १६ रनमा आउट भएपछि नेपाल ७.१ ओभरमा ४४–५ को कमजोर अवस्थामा पुगेको थियो । १२ औं ओभरको पहिलो बलमा एड योङले भिम सार्कीलाई १३ रनमा बोल्ड आउट गरे । भिम आउट भएको एक बलपछि कमल सिंह ऐरी ठूलो सटको धुनमा शून्यमा डक आउट भए ।

१३ औं ओभरको दोस्रो बलमा राशिद खान १८ रनमा क्याच आउट भए । उनले २ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरमा जितेन्द्र मुखियालाई एड योङले एक हातले क्याच लिदै शून्यमा आउट भए । एमसीसीका एड योङले ३, ओलिभर डल्बीले र क्रिस राइट्सले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । एमसीसीका लागि बिली गोडलम्यानले ३० बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । उनलाई राशिद खानले १२ ओभरको तेस्रो बलमा लङअफमा भिम सार्कीबाट उत्कृष्ट क्याच गराउँदै पेभिलिएन फर्काए । त्यस्तै एड योङले ४२ रनमा क्याच आउट भए ।

कमलसिंह ऐरीले तेस्रो ओभरको पाँचौ ओभरमा ओपनर माइल्स हमान्डलाई ३३ रनमा आउट गरे । उनले १३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । राशिद खानले पाँचौ ओभरको चौथो बलमा टम वेस्ट्लीलाई ८ बलमा ३ चौका सहित १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए ।

राशिद खानले सातौं ओभरको दोस्रो बलमा कप्तान जिमी एडम्सलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच आउट गराए । जितेन्द्र मुखियाले आठौं ओभरको पाँचौ बलमा भिम सार्कीबाट विल रोड्सलाई १ रनमा क्याच आउट गराए ।

Advertisement

सुसन भारीले १५ ओभरको पहिलो बलमा कुशलबाट विल भानडसपारलाई ४ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र सिंह मुखिया, सुसन भारी र अभिनास बोहोराको समान १ विकेट लिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top