×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

तीन जनाको विभत्स हत्याः शव र हत्यारा दुवैको पहिचान भएन

२३ कार्तिक २०७६

२३ कात्तिक, गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उनलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु ।

Advertisement
Advertisement

चन्द्रकोट–२ स्थित हर्राचौरको जङ्गलमा कात्तिक १६ गते शनिबार बिहान तीन वटा शव भेटिएका थिए । जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन् । अन्दाजी २७ वर्षीया महिला, ११ र सात सात वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो । महिला र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो । तर, अहिलेसम्म पनि न त शवको पहिचान हुनसकेको छ, न त हत्यारा नै पत्ता लागेको छ ।

शव भेटिएको स्थानको केही तलपट्टि सार्कीको ख¥र्यान पर्छ । जहाँ उनी दैनिकरुपमा घाँस, दाउराका लागि जानुपर्छ । तर, घटना थाहा पाएपछि भने उनी ख¥र्यानमा जान सकेकी छैनन् । घरमा वृद्ध बुढाबुढी मात्रै बस्ने उनको पछिल्लो दिनचर्या त्रासमै कट्ने गरेका छ ।

“घरमा बुढाबुढी मात्रै छौँ, कतैबाट आएर मार्छन् कि भन्ने डर लाग्छ”, उनले भनिन्, “घरबाट निस्कन पनि डर लाग्छ, तर काम नगरे खर्च चल्दैन ।” यस्तो घटना यसभन्दा पहिले कहिल्यै पनि घटेको थिएन । पातलो बस्ती भएको र प्रहरीचौकी पनि नजिकमा नभएकाले आफूहरुलाई झन् त्रसित बनाएको उनले बताइन् ।

सार्कीलाई मात्र होइन, तिर्खाबहादुर रम्तेललाई पनि आजभोलि एक्लै घरबाहिर निस्कन निकै डर लाग्छ । “घटनापछि सिङ्गो गाउँ नै त्रसित बनेको छ, बाटोमा एक्लै हिँड्न पनि डर लाग्ने भयो ।” उनले भने,“छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनु प¥र्यो ।” त्यसका साथै उनले महिला, केटाकेटी तथा वृद्धवृद्धालाई झन बढी त्रास रहेको बताए ।

स्थानीय युवा किरण हमालले दुई हप्तासम्म पनि शवको पहिचान हुन नसक्नु र हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए। अधिकांश घटना गुमनाम बनाइने भन्दै उनले यसतर्फ प्रहरीलाई सचेत हुन आग्रह गरे ।

“गाउँ त्रासमा छ, न त शवको पहिचान भएको छ र न त हत्यारा नै पत्ता लाग्न सकेको छ”, उनले भने, “यसम्बन्धमा भएको अनुसन्धानबारे पनि हामी अनविज्ञ छौँ ।” हमालले यस घटनामा प्रहरी कम सक्रिय भएको आरोप लगाए । शव भेटिएको स्थान वरपर नजिकमा कतै पनि बस्ती छैन । झाडी र अप्यारो भिर मात्र । तर, शव भेटिएको करीब २०० मिटर तल भने खर्क र खेतबारी पर्दछन् । त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हर्राचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोटलगायत आधा दर्जनभन्दा बढी गाउँ त्रसित बनेका छन् ।

गुल्मी र वाग्लुङका प्रहरीको सहकार्य जरुरी

शव भेटिएको स्थान गुल्मी र बागलुङको सिमाना नजिकमा पर्छ । शव भेटिएको स्थानबाट करीब आधा घण्टाको पैदलयात्रापछि बागलुङको गलकोट नगरपालिकामा पुगिन्छ । त्यहाँ अत्यधिक मात्रामा लागुऔषधको खेती हुने गर्दछ । उक्त ठाँउबाट शव भेटिएको स्थान हुँदै गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौर र विश्वुखर्कतर्फ जाने सडक छ ।

जङ्गलको बीचमा शव फेला परेकोले प्रहरीलाई अनुसन्धानमा पनि कठिनाइ भएको छ । यसरी दुई जिल्लाको सिमानामै शव फेला परेकोले विशेष गरी गुल्मी र बागलुङका प्रहरीको सहकार्य हुनुपर्ने नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका सचिव टोपलाल अर्यालले बताए । “यस घटनामा गुल्मी प्रहरीको मात्रै आशा गरेर हुँदैन, किनकि घटना सिमानामा घटेको छ”, उनले भने, “स्थानीयसँगको समन्वयमा दुवै जिल्लाका प्रहरीले अनुसन्धान गर्नु आवश्यक छ ।”

शव पहिचानमा केन्द्रित छौँः प्रहरी

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले आफूहरु शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया बताए । दुई हप्तासम्म पनि शव पहिचान नभएकोले हत्यारा पत्ता लगाउन कठिनाई भएको बताए । उनले बागलुङको गलकोट, बूर्तिवाङ, पाल्पाको प्रहरीलगायतका प्रहरी कार्यालयसँग सम्पर्क भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले गुल्मी र बागलुङका प्रत्येक गाउँपालिका, वडाकार्यालय, विभिन्न विद्यालयलगायतका सङ्घ संस्था तथा समुदायसँग समन्वय गरिरहेको जानकारी दिए ।

उनीहरुले लगाएको कपडा हेर्दा बागलुङ पश्चिम, रुकुम पूर्व वा ढोरपाटन क्षेत्रको हुनसक्ने अनुमान गरिएको बताए । शवको पहिचान र हत्यारा पत्ता नलागुञ्जेलसम्म आफूहरुको अनुसन्धान जारी रहने उनले बताए ।

यसरी रहस्यमय बन्दै घटना

यसम्बन्धमा गुल्मी प्रहरीले हुलिया तयार पारी कसैका परिवारका सदस्य भए प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ । गुल्मीको साथसाथै बागलुङलगायत विभिन्न जिल्लाका प्रहरी कार्यालयमार्फत आग्रह गरेपनि अहिलेसम्म कसैले कतै पनि आफन्त हराएको सूचना प्रहरी कार्यालयमा दर्ता गराएका छैनन् । जसले गर्दा मृत भेटिएका महिला र बालिकाको पहिचानमा समस्या हुनुका साथै घटना पनि रहस्यमय बन्दै गएको छ । गुल्मी, पाल्पा, स्याङ्जालगातका छिमेकी जिल्ला कही पनि सो हुलिया मेल खानेगरी उजूरी परेको छैन ।

शव नजिकै घन फेला

प्रहरीको प्रारम्भिक अनुसन्धानले शव हत्या गरेर फालिएको देखाएको छ । महिलाको मुहारदेखि टाउकोसम्म गम्भीर चोट लागेको थियो । शव पनि सडकभन्दा चार मिटर तल झाडिमा भेटिएको थियो । नजिकैमा कुनै बस्ती नभएको र छाडी भएकाले हत्या केही दिन पहिले नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले एक बालिकाको शव नजिकै एउटा ह्यामर पनि फेला पारेको थियो । ह्यामरलाई गाउँघरको भाषामा घन भनिन्छ । यो ढुङ्गा फुटाउने काममा प्रयोग हुन्छ । १२ वर्षीया बालिकाको शव नजिकै रगत पनि देखिएको थियो । तीनवटा शव फेला पर्नु, शव नजिकै रगत देखिनु, ह्यामर अर्थात् घन फेला पर्नु, महिलाको अनुहारदेखि टाउकोसम्म चोट लाग्नुजस्ता कारणले हत्या नै भएको हुनसक्ने गुल्मी प्रहरीका सूचना अधिकारी घलेले जानकारी दिए ।

पाल्पा जिल्ला अस्पतालमा शव

Advertisement

तीन वटै शवलाई प्रहरीले पाल्पा जिल्ला अस्पतालमा राखेको छ । गुल्मी जिल्ला अस्पतालमा शवको परीक्षण गरी सुरक्षित राख्नका लागि पाल्पा जिल्ला अस्पतालमा पठाएको गुल्मी प्रहरीले जनाएको छ । प्रहरी र अस्पतालको समन्वयमा केही दिनपछि शव जलाउने तयारी भइरहेको प्रहरीले उल्लेख गरेको छ । रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top