नेकपाको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा चयन

२४ कात्तिक ७६, सोमबार

२५ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरणको बाँकी काम मध्ये विभिन्न तीन वटा आयोगको नेतृत्व टुंगो लगाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकायलाई चयन गरेको हो ।

यस्तै केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैल तथा लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई चयन गरिएको जानकारी दिए ।

यस्तै बैठकले जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन गरेको छ ।  सोमबार आयोग र अन्य दुई वटा समितिको बारेमा निर्णय गरिएको भए पनि एकीकरणको बाँकी काम आगामी बस्ने बैठकले टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताए ।

Advertisement

बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने भनिएको भए पनि त्यसबारेमा भने सोमबारको बैठकमा छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top