बङ्गलादेश र भारतको तटीय क्षेत्रमा आँधीका कारण जनजीवन प्रभावित, मृतकको संख्या २० पुग्यो

२४ कात्तिक ७६, सोमबार

२५ कार्तिक एजेन्सी । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् ।

आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार साढे ८ बजे भारतको पश्चिम बङ्गालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुबै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ ।

बुलबुलबाट भारतको पश्चिम बंगाल राज्यमा दश जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई) ले जनाएको छ । अन्य दुई जनाको ओडिशा राज्यनजिकै मृत्यु भएको छ । बंगलादेशमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य २० घाइते भएका छन् ।

Advertisement

बङ्गलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका जिल्ला प्रशासक मसूद आलम सिद्दीकीले एएफपीलाई बताएका छन् । बुलबुलबाट प्राय माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको प्रकोप व्यवस्थापन सचिव शाह कमलले बताए ।

बङ्गलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बङ्गलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top