च्यालेन्जर्स सिरिजको पहिलो खेलमा नेपाल भारतसंग १० विकेटले पराजित

२४ कात्तिक ७६, सोमबार

२५ कार्तिक, काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टोली भारतको यू-१९ सी टोलीसँग च्यालेन्जर्स सिरिजको पहिलो खेलमा १० विकेटले पराजित भएको छ ।

सोमबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य भारतको यू-१९ सी ले २१ दशमलव १ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा ओपनर दिव्यांश अजय कुमार सक्सेना ५२ र अर्जुन अजाद ६७ रनमा अविजित रहे । सक्सेनाले ६० बलमा ५ चौका प्रहार गरे । अर्जुनले ६७ बलमा ९ चौका र १ छक्का गर्दै सहज जित पक्का गरे । नेपालले ६ बलर प्रयोग गरेपनि कुनै विकेट हात पार्न सकेन ।

टस जितेर ब्याटिङ थालेको नेपाल ३२ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय १६ रनमा समेटिएको थियो । नेपालको लागि सिनियर टोलीबाट खेलि सकेका कुशल मल्लले सर्वा्धिक २६ रन जोडे। दोस्रो ओभरको पाँचौ बलमा कप्तान रित गौतमलाई विद्याधर पटेलले ५ रनमा बोल्ड आउट गरेका थिए ।

Advertisement

छैटौं ओभरको चौथो बलमा पटेललेनै खडक बहादुर बोहोरालाई १० रनमा क्याच आउट गराए । खडकले १४ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा लोकेश १० रनमा क्याच आउट हुन पुगे । चौथो विकेटका लागि कुशल मल्ल र अरुण ऐरीले ३८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए ।

तर १६ ओभरको तेस्रो बलमा ऐरी मुजतबा यूसूफे १३ रनमा कुमार कशाग्रबाट क्याच आउट हुन पुगे । ऐरीले ३१ बलमा १ चौका प्रहार गरे । १७ ओभरको पहिलो बलमा कुशल मल्ल स्टम्पिङ आउटको शिकार हुन पुगे । कुशलले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै विकेटकीपर हरि बहादुर चौहान ७ रनमा क्याच आउट भए ।

Advertisement

शेर मल्लले २६ बलमा १ चौका सहित १६ र प्रतिस जिसीले २९ बलमा २ चौका सहित ११ रन जोडे । आकश चन्द र सागर ढकालले समान ४ रन जोडे । भारतका लागि विद्याधर पटेल, मुजतबा यूसूफ,चिन्तला रक्शनन रेड्डी, शुभांग सामर्थ हेगडेले र रवि रोशन राम सिंहले २-२ विकेट लिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top