दिनभरका प्रमुख खबरहरु

२९ कात्तिक ७६, शुक्रबार
Pic: Niraj Bajracharya
Share this
782shares

आजका प्रमुख खबरहरुः

Advertisement

१.(आलम जेलमा)
राजपुर बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेसका निलम्मित सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटको आदेश /आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउने ।

२.(रुप ज्योति रिहा)
ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योतीविरुद्ध मुद्दा नचलाइने /पीडितले आफुले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएपछि ज्योति रिहा ।

Advertisement

३.(कारण देखाउ आदेश)
कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग माग्यो लिखित जवाफ/अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले दायर गरेको रिटमाथि जवाफ पेश गर्न विपक्षीलाई आदेश ।

४.(भ्रष्टाचार अन्त्य कसरी ?)
भष्ट्रचार ढिला सुस्ती अन्त्यका लागि सबै पक्ष प्रतिबद्ध भएर अगाडी बढनु पर्ने बेला आएको १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीको भनाई / कानून निर्माण गरेपनि व्यवस्थित नहुँदा सुशासन कायम गराउ समस्या रहेको उल्लेख ।

Advertisement

५.(फर्किए हमिद)
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यहरुद्वारा काठमाडौंको चन्द्रागिरि अवलोकन/ राष्ट्रपति हमिदसहित बंगलादेशका भ्रमण टोली आजै स्वदेश फिर्ता ।

६.(कानुनका कुरा सुन्ने कि ?)
तरुण दलका जिल्ला सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै सरकारी वकिल कार्यालयद्वारा अदालतमा मुद्दा दायर /तरुण दल आन्दोलित हुदै बाँके जिल्ला बन्द ।

७.(आन्दोलनको स्वरुप)
सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्तालगायत ६ बुँदे माग राखेर युनिभर्सल कलेजका विद्यार्थीहरुद्वारा रिले अनसन शुरु / १६ दिनदेखि कलेजमा पठनपाठन ठप्प ४ दिनदेखि कलेजको कार्यालयमा तालाबन्दी ।

.(सल्लाहकारमा थापा)
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट ६ जना एकसाथ बाहिरिए/ बिदा हुनेमा अधिकांश प्रेससँग सम्बन्धित टोली/ राजीनामा दिएका १३ जना मध्ये ६ जनाको राजिनामा स्वीकृत/ प्रधानमन्त्री प्रेस सल्लाहकारमा सूर्य थापा ।

९.(ब्यक्तिगत स्वतन्त्रता खोई ?)
निजामती कर्मचारीलाई सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) प्रयोगमा कडाइ गरिने /सरकार वा राज्यविरूद्ध कुनै अभिव्यक्ति दिएमा कर्मचारीको निवृत्तिभरण (पेन्सन) समेत रोक्ने सरकारको तयारी ।

१०.(मन्त्रीका कुरा)
सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको श्रममन्त्री गोकर्ण विष्टको भनाई /नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था गर्ने तयारी ।

११.(शिल्पालाई राहत)
अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा / जिल्ला अदालत, काठमाडौंमा हाजिर भएकी पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा साधारण तारेखमा छाड्न अदालतको आदेश ।

१२.(कामको कदर)
पत्रकार अजयबाबु शिवाकोटीलाई १ लाख राशीको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान / महराको समाचार सार्वजनिक गरे बापत शिवाकोटी सम्मानित ।

१३.(सफलताको शुभकामना)
फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत समूहको पाँचौ खेलमा मंगलबार कुवेतको सामना गर्ने अन्तिम नेपाली टोलीको घोषणा /दशरथ रंगशाला समयमा तयार नहुँदा उक्त खेल भुटानको चाङलिमिथाङ रंगशालामा आयोजना हुदै ।

१४.(हात लाग्यो शुन्य)
भारतमा जारी यू–१९ च्यालेञ्जर्स ट्रफीको लिग चरणमा नेपाल जितविहीन / राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज नेपाल भारतको ब्लू टिमसँग दुई विकेटले पराजित ।

र,
१५.(सुनामीको चेतावनी)
इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी / मालुकु टापुमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्पको ठूलो धक्का महसुश / समुद्री किनार र होचो भूभागका बासिन्दालाई सुरक्षित रहन सचेत ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top