पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, काठमाडौँ ।
भारत, पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका केही स्थानको मौसममा असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

हाल देशका मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिनभर मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै पूर्वी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । मध्य र पश्चिमी पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

उच्च पहाडी क्षेत्रमा हिमपात हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top