साढे ७ लाख नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, वीरगंज ।
दुई जना भारतीय नागरिकलाई साढे ७ लाख नेपाली रुपैयाँसहित सीमा क्षेत्रबाट पर्सा प्रहरीले पक्राउ गरेको छ।

Advertisement

शनिबार पक्राउ पर्नेमा पुर्वी चम्पारण मोतीहारी जिल्ला मौजे टोल बस्ने २० वर्षीय सोनु कुमार र अंकित कुमार रहेका छन्। बिआर ०५ एबी ६३०२ नम्बरको भारतीय मोटरसाइकल लिएर रक्सौलबाट वीरगंज प्रवेश गर्ने क्रममा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ७ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीहरुलाई पर्सा जिल्ला अदालतमा पेश गरी हुन्डी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top