सबै भन्दा बढी कर तिर्ने सुर्य नेपाल प्रा.लि. सम्मानित

Share this
764shares

१ मंसिर, काठमाडौं । सुर्य नेपाल प्रालिले सबै भन्दा बढी कर तिरेको छ । आन्तरिक राजश्व विभागले कर दिवसको अवसरमा आईतबार राजधानीमा गरेको विशेष कार्यक्रममा २०७५/७६ मा सबै भन्दा बढी कर तिर्ने कर दाताका रुपमा सुर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीलाई सम्मान गरिएको हो ।

Advertisement

 

Advertisement

व्यक्तिगत आयकर तर्फ सबै भन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमसेर जबरा रहेका छन् । कार्यक्रममा उनको प्रतिनिधिको रुपमा शुम्भु प्रसाद दाहालले सम्मान पत्र ग्रहण गरेका थिए ।

त्यसैगरी निर्यातकर्ताहरुबाट सबै भन्दा बढी आयकर तिर्ने कर दाताको रुपमा डाबर नेपाल प्रालिका वित्त प्रमुख पंकज बजाज, मदिरा र चुरोट बाहेकका उद्योग तर्फबाट सबै भन्दा बढी आयकर तिर्ने करदाता जगदम्बा स्टिल्स प्रालिका प्रबन्ध निर्देशक सुलभ अग्रवाल, कृषि एवं पशुपंक्षीजन्य उद्योग मध्येबाट सबै भन्दा बढी आयकर तिर्ने कर दाता अन्नपुर्ण एग्रो इण्डष्ट्रिज प्रालिका वित्त निर्देशक राजकुमार पराजुली, सहकारी तथा लघु वित्त मध्येबाट छिमेकी लघु वित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी रामचन्द्र जोशी, बैक वित्तिय संस्था तथा विप्रेषण कारोबार मध्ये राष्ट्रिय वाणिज्य बैकका प्रमुख कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठ, बिमा व्यवसाय मध्येबाट सबै भन्दा बढी आयकर तिर्ने कर दाता नेपाल लाईफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा,स्वास्थ्य तथा शिक्षा सेवा मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कर दाता मणिपाल एजेकुसन एण्ड मेडिकल ग्रुप नेपाल प्रालिका जनसम्पर्क अधिकृत रवि कुमार विष्ट, सुचना प्रविधि क्षेत्र मध्येबाट वल्र्ड लिंक कम्युनिकेसनका अध्यक्ष दिलिप अग्रवाल सम्मानित भएका छन् ।

Advertisement

त्यसैगरी व्यापार व्यवसाय मध्ये सबै भन्दा बढी आयकर तिर्ने अग्नि इन्टरप्राईजेजका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, पर्यटन व्यवसाय मध्ये तारागाउँ रिजेन्सी होटल लिमिटेडका कार्यकारी निर्देशक सुरेस लाल श्रेष्ठ, मध्यमस्तरीय करदाता मध्ये कामना सेवा विकास बैक लिमिटेडका हरि प्रसाद लम्साल, आन्तरिक राजश्व कार्यालयहरुको कार्यक्षेत्र भित्र रही सबैभन्दा बढी आयकर तिर्ने भिएस सर्भिसेस मोरिसस प्रालिका प्रबन्धक मधुकर कार्कीलाई सम्मान गरिएको छ ।

त्यसैगरी मुल्य अभिवृद्धि कर तर्फ उत्कृष्ट कर संहित भएको तथा २०७४/७५ मा सबै भन्दा बढी मुल्य अभिवृद्धि कर तिर्ने कर दाताको रुपमा घोराही सिमेण्ट उद्योग सम्मानित भएको छ । विभागले १५ वटा विधा निर्धारण गरी उत्कृष्ट कर दाताहरु छनौट गरि सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top