पर्यटन प्रवद्र्धनदेखि अभियान्ता सम्मानित गर्दै सकियो जेसीज सप्ताह

१ मंसिर ७६, सोमबार

१ मंसिर, विराटनगर ।
विराटनगर जेसीजको २०१९ को ‘जेसीज सप्ताह’ भव्यताको साथ सम्पन्न भएको छ। भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्दै गत शनिबारबाट सुरु भएको जेसीज सप्ताह शुक्रबार विराटनगरको होटल नमस्कारमा भव्य कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

कार्यक्रममा विराटनगरवाट प्रतिनिधित्व गर्दै राष्ट्रलाई सेवा पर्याउने कलाकार तथा सफल निर्देशक दिपाश्री निरौला , युवा उद्यमी प्रकाश मुन्दडा र सांगितिक समुह द स्मृति ब्यान्डलाई विशेष सम्मान गरिएको थियो । सम्मानित सबैले जेसीजको सम्मानबाट आफुहरु अझै प्रोत्साहित भएको भन्दै विराटनगरको पहिचानको लागी आ–आफ्नो क्षेत्रबाट सँधै लागिरहने बताए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, निर्वतमान राष्ट्रिय अध्यक्ष श्रीधर वस्याल, पुर्व राष्ट्रीय अध्यक्ष प्रकाश अधिकारी, नेपाल जेसीजमा विराटनगरबाट प्रतिनिधित्व गरिरहेका श्याम सुन्दर पौडेल मिलन लगायतले जेसीज सप्ताहको प्रंशसा तथा शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईले जेसीज सप्ताहमा देशभरीबाटै उल्लेख्य उपस्थिती रहेको बताए । उनले जेसीज सप्ताह सफल बनेको भन्दै सफल बनाउन साथ–सहयोग दिने सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा गिनिजबुकमा नाम लेखाउन सफल कान्छो निर्देशक सौगात विष्टलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो भने भ्रमण बर्ष २०२० का कार्यक्रम संयोजक देवचन्द्र घिमिरे उत्कृष्ट कार्यक्रम संयोजकका रुपमा निमा अर्वाडबाट पुरस्कृत गरिएको थियो । समापन कार्यक्रममा जेसीजका पदाधिकारीहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसहित ४०० भन्दा वढी उपस्थिती रहेको थियो ।

‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई प्रवद्र्धन गर्दै सुरु भएको जेसीज सप्ताहमा विराटनगरको भट्टाचोक पूर्वको सयपत्रि प्रा.विका विद्यार्थीहरुलाई स्टेशनरी वितरण, ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम, व्यवसायसँग आवद्ध युवा लक्षित ‘विजनेश प्रोमोसन ट्रेनिङ’, सरोकारवालाहरुको उपस्थितीमा ‘क्यास–लेस’ सँग सम्बन्धीत अन्तरक्रिया लगायतका कार्यक्रम गर्दै शुक्रबार समापन गरिएको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top