दुर्घटना न्यूनीकरणका लागि उर्लाबारीमा ट्राफिक सचेतना कार्यक्रम

१ मंसिर ७६, सोमबार

१ मंसिर, विराटनगर ।
मोरङको उर्लाबारीमा सवारी दुर्घटना न्युनीकरण सम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको । समुदाय–प्रहरी साझेदारी अन्तर्गत दुर्घटना न्युनीकरणमा सघाउ पुर्याउने उद्देश्यले लायन्स क्लव उर्लाबारीले आईतबार सो कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीको प्रमुख आतिथ्यमा दुर्घटना न्युनीकरणका लागी र्याली तथा सचेतनामुलक कार्यक्रम गरिएको थियो । उर्लाबारीका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक,कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा उर्लाबारी–७ को राधिका माध्यामिक विद्यालयबाट निस्किएको र्याली बरगाछी, मुख्य सडक हुँदै नगरका विभिन्न क्षेत्र परिक्रमा गरी पुनः सोही विद्यालयमा आएर अन्त्य गरिएको थियो । र्यालीमा सहभागीहरुले पैदल हिँड्दा फुटपाथको प्रयोग गरौँ, ट्राफिक नियम पालना गरौँ ,विना लाईसेन्स सवारी नचलाऔँ, गतीसँग होईन सुरक्षासँग प्रतिस्पर्धा गरौँ,सडक सुरक्षा जीवनरक्षा लगायत लेखिएका प्लेकार्डसहित नारा लगाएका थिए ।

Advertisement

र्यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एसपी अधिकारीले ट्राफिक व्यवस्थापन चुनौतीको विषय बन्दै गएको बताए । उनले ठुलो समस्याको रुपमा रहेको सवारी दुर्घटना न्युनीकरणका लागि प्रहरी र समुदायको साझदारी अपरिहार्य रहेको बताए । व्यक्ति आफैँ सचेत भए दुर्घटना न्युनीकरणमा सघाउ पुग्ने उनको भनाई छ ।

कार्यक्रमका लायन्सका पदाधिकारी लगायतका व्यक्तिले ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताएका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top