×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

पोखराको आकाशमा स्काइड्राइभ, लोभिँदै साहसिक खेल पारखी

४ मंसिर २०७६

४ मंसिर, कास्की। 

पोखरा सुन्दर शहरका रूपमा विश्वभर प्रसिद्ध छ । तालतलैया हिम शृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने क्षमता पोखरासँग छ । यसका अतिरिक्त साहसिक खेलको शहरका रूपमा पनि पोखराले उचाइ लिँदैछ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, स्काइड्राइभ, क्यानोनिङ, जिप फ्लाएर, बन्जी जम्प, ¥याफ्टिङ, कायाकी बोटिङजस्ता खेलले समेत पछिल्लो समय साहसिक खेलप्रेमीको उत्कृष्ट गन्तव्य पोखरा बन्दै गएको छ ।

Advertisement
Advertisement

अहिले पोखरामा साहसिक खेलमध्येको एक स्काइ ड्राइभिङ मङ्गलबारबाट पोखरामा शुरु भएको छ । काठमाडौँ एक्स्पलोर हिमालय नामक कम्पनीले सञ्चालन गरेको यस खेललाई पोखरा स्काइड्राइभ २०१९ नाम दिइएको छ । मङ्गलबार मात्र १० नेपालीले स्काइ ड्राइभिङ गरेको कम्पनीले जनाएको छ ।

साहसिक खेलमा ३० प्रतिशतको जोखिम रहने भए पनि डरभन्दा माथि राखेर खेलप्रेमीहरुले आनन्द लिने गरेका छन् । पूर्वी नेपालको इटहरीबाट स्काइ ड्राइभिङलगायतका अन्य पाँच खेलको प्याकेजसहित पोखरा भ्रमणमा आएका अनुपमले पोखरामा विशेषगरी हटएयर बेलुन र स्काइड्राइभजस्ता साहसिक खेलले थप लोभ्याएको बताए । हेलिकप्टरबाट प्यारसुटको सहायताले माछापुच्छ्रेलाई पृष्ठभूमिमा राखेर बादल माथिबाट ‘ग्राउण्ड’ हामफाल्नुको मजा शब्दमा उतार्न नसकिने उनको अनुभव छ ।

उनीसँगै मङ्गलबारनै पूर्व मिस नेपाल सुविन लिम्बूले पनि स्काइड्राइभ गरेका थिए । जुम्लाबाट साहसिक खेल खेल्नकै लागि आएकी ज्योति हमालले पनि स्काइड्राइभको मजा लिइन् । ‘यसले बेग्लै अनुभूति दिन्छ, यसभित्र उत्पन्न डरभित्रको आनन्दनै साहसिक खेलको विशेषता हो । साहसिक खेलले स्वयंलाई मूल्याङ्कन गर्न पनि सहयोग पु¥याउँछ ।’ साहसिक खेलका लागि आत्मविश्वास र आत्मबल दुवै आवश्यक हुने उनको अनुभव छ । मङ्गलबार मात्रै १० मध्ये चार महिला यस खेलमा सहभागी भए । यसले पछिल्लो समय साहसिक खेलमा महिला सहभागिता बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

भ्रमण वर्षलाई सफल पार्न र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि यस्ता साहसिक खेलका गतिविधिले भूमिका निर्वाह गर्ने नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी विप्लव पौडेल बताउँछन् । स्काइ ड्राइभिङ गर्ने साहसिक खेल पारखीबाट पोखरालाई चिनाउन थप मद्दत पुग्ने उनको विश्वास छ ।

बञ्जी जम्पमा जम्मा तीन सेकेण्डको ‘फ्रि फल’ हुन्छ भने स्काइ ड्राइभिङमा १५ सेकेण्ड जतिको फ्रि फल हुने भएकाले पनि साहसिक खेल पारखीको लागि यो रोजाइमा पर्दै गएको छ । यस खेल खेल्नका लागि नेपालीले रु ९० हजार र विदेशीले एक हजार अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । सन् २००८ बाट परीक्षण र २०१३ बाट व्यावसायिक उडान गर्न थालिए पनि नेपाली दक्ष जनशक्तिको अभावका कारण र आर्थिकरूपमा पनि महँगो भएकाले त्यति फस्टाउन भने सकेको छैन ।

Advertisement

कम्पनीका महाप्रबन्धक अनुज पाण्डेले १० नेपालीसहित १६० ले यो याममा स्काइड्राइभ गर्ने बताए । पोखराको पामे क्षेत्रमा रहेको एभिया क्लबको हवाई खेलकूद अभ्यास मैदानमा भएको खेलमा १३ विदेशी विज्ञले उडान र जम्प गराइरहेका छन् ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top