×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

चीनले किन बढायो नेपाल हुँदै जाने भारतीय पर्यटकका लागि शुल्क ?

४ मंसिर २०७६

४ मंसिर, काठमाडौँ । 

चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित बनेका हुन् ।

Advertisement
Advertisement

उक्त सेन्टरले भारतीय पर्यटकलाई प्रतिव्यक्ति ७८० अमेरिकी डलर एकैपटक बढाएको छ । अन्य देशका पर्यटकका लागि भने रकम बढाइएको छैन । व्यवसायका लागि शुरुमा नै एक लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । विदेशमा धरौटी राख्ने काम नेपालको कानूनले दिएको छैन ।

नेपालका पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ३० हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा दुई लाख ३० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा एक लाख ७० हजार भारतीय रुपैँया लिँदै आएका थिए ।

चीनको फरएन एक्सचेन्ज सेन्टरले कैलाश जानका लागि रकम बढाएसँगै केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ८५ हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा तीन लाख १० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा दुई लाख ६० हजार भारतीय रुपैँया तिनुपर्ने भएपछि समस्यामा परेका हुन् ।

कैलाशयात्रा सङ्घका अध्यक्ष नारायण पोखरेल कैलाशयात्राका लागि वार्षिक १० प्रतिशत बढाउन पाउने भए पनि एकैपटक ३२ देखि ४० प्रतिशतसम्म बढाउँदा नेपाली व्यवसायी मर्कामा परेको बताउँछन् ।

भारतबाट नेपाल हुँदै वार्षिक २० हजार पर्यटक कैलाश जाने गरेका छन् । नेपाली भने वर्षको एक हजार हाराहारीमा कैलाश मानसरोवर धार्मिक यात्रामा निस्कने गरेका छन् । चीनको फरएन एक्सचेन्ज सेन्टरले हाल कैलाश पठाउँदै आएका ३४ टुर्स कम्पनीमध्ये १० वटामात्र कम्पनीले कैलाशयात्राका लागि पठाउन पाउने व्यवस्था गरेपछि झन समस्यामा परेका छन् । ठूला व्यवसायीले भने भारतबाट नै कैलाश यात्रामा पठाउँदा नेपालका व्यवसायलाई झन समस्या पर्ने गरेको छ ।

कैलाशयात्राका लागि यात्रामा गएका पर्यटक आफू फर्कने समयभन्दा अगाडि फर्कन चाहेमा दिनको १०० अमेरिकी डलर र पठाउने कम्पनीले सानातिना कमजोरी गरेमा १० हजार अमेरिकी डलरसम्म सजाय दस्तुर तिनुपर्ने बाध्यकारी परिस्थिति बनाइएको छ ।

नेपालको टुर्समार्फत भारतीय पर्यटक कैलाशयात्रामा पठाउँदा नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यवसायीले लिएका छन् । उक्त सेन्टरले नेपालका रमेश ओझा सञ्चालक रहेको ओझा होलीडेज प्रालि, प्रचण्ड मानन्धर सञ्चालक रहेको एक्सप्लोर भ्याकेशन, राजन श्रेष्ठ सञ्चालक रहेको कैलाश जर्नीज र वसन्त बराल सञ्चालक रहेको नमस्ते होलिडेज प्रालिसँगमात्र कैलाशयात्राका लागि सम्झौता गरेको छ ।

‘चौँतीस वटा टुर्स कम्पनीले कैलाशयात्रा पठाउँदै आएकोमा १० कम्पनीलाई मात्र कैलाश पठाउनका लागि अनुमति दिनु र वार्षिक ठूलो सङ्ख्यामा कैलाश जाने भारतीय पर्यटकलाई कैलाशयात्रामा रकम बढाउनुले पनि हामीलाई व्यवसायबाट वञ्चित गर्न खोजिएको स्पष्ट हुन्छ’, अध्यक्ष पोखरेल भन्छन् ।

चार व्यवसायी कम्पनीले कैलाशयात्रा सङ्घमा आबद्ध अरु व्यवसायी कम्पनीसँग छलफल नै नगरी चीनको फरएन एक्सचेन्ज सेन्टरसँग सम्झौता गरेपछि सङ्घले ती चार कम्पनीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ ।

कैलाशयात्राका लागि भारतीय पर्यटकका लागि नेपाली व्यवसायीले साझेदारका रूपमा चीनको फरएन एक्सचेन्ज सेन्टरसँग काम गरेका थिए । शुरुका दिनमा चीनको चाइना–इण्डिया पिलग्रिम्स सेन्टरसँग काम गरेका नेपाली व्यवसायीले उक्त सेन्टरले राम्रो सेवा प्रदान गर्न नसकेपछि फरएन एक्सचेन्ज सेन्टरसँगको साझेदारीमा काम गरेका थिए ।

फरएन एक्सचेन्ज सेन्टरका प्रमुख कार्यकारी अधिकृत ली हुङ उईसँग कैलाशयात्राका लागि एकवर्ष सहकार्य गरे पनि उक्त सेन्टरले आफू अनुकूलका १० कम्पनीलाई मात्र कैलाशयात्राका लागि अनुमति दिएपछि व्यवसायी रुष्ट छन् ।

उक्त सेन्टरले २० औँ वर्षदेखि कैलाशयात्रामा पठाउँदै आएका नेपाली व्यवसायीलाई निर्वाधरूपमा व्यवसाय गर्नपाउने अधिकारबाट वञ्चित गरेपछि नेपाली व्यवसायीले कूटनीतिक पहलमार्फत सहज ढङ्गले व्यवसाय गर्नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

श्री कैलाशयात्रा सङ्घले मङ्गलबार धार्मिक पर्यटकको नाममा एक्कासि ठूलो रकम बढाएको भन्दै चीन सरकारसँग समन्वय गरी रकम कम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

मन्त्री भट्टराई नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा भारतीय पर्यटकलाई एक्कासि रकम बढाउँदा भ्रमण वर्षमा असर पर्ने भन्दै यसका लागि कूटनीतिक पहल गर्ने बताउँछन् । ‘परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर चाँडो भन्दा चाँडो समस्याको समाधान गछौँ’, उनी भन्छन् ।– अच्युत रेग्मी/रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top