इमान्दारिताका साथ काम गर्ने भुसालको प्रतिबद्धता

४ मंसिर ७६, बिहीबार

५ मंसिर, काठमाडौँ ।
नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार कृषिमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भुसालले भने, ‘म लोभ र डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’

उनलाई मन्त्रालयमा बधाइ दिन निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल पनि पुगेका थिए । सो क्रममा खनालले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top