भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त

६ मंसिर ७६, शनिबार

७ मंसिर, काठमाडौँ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आज श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नपा वडा नं ६ का श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न छन्। उनले यसअघि ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) मा द्वितिय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेका छन् ।

Advertisement

यसैगरी पासाङल्हामू पर्वतारोहण प्रतिष्ठानको महासचिवका रुपमा पनि अनुभव संगालेका उनले यसअघि सरकारले २५६० औँ बुद्ध जयन्तीको अवसर पारी घोषणा गरेको अन्तरराष्ट्रिय बौद्ध सम्मेलन मूल आयोजक समितिको सदस्य सचिवका रुपमासमेत काम गरेका थिए ।

श्रेष्ठ जिम्मेवार पर्यटन नीति तथा अभ्यास विषयमा विद्यावारिधिको शोधार्थी हुन् । नवनियुक्त सदस्य सचिव श्रेष्ठले शुक्रबार पदभार ग्रहणपछि सचिवालयमा आयोजित स्वागत कार्यक्रममा भ्रमण वर्षको सफलताका लागि पर्यटनसँग सम्बन्धित सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए ।

Advertisement

उन्ले नेपालको आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको पर्यटन उद्योगको विकास, प्रवद्र्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकाले सरकारले घोषणा गरेको भ्रमण वर्ष सबै नेपालीको महाअभियान भएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top