काठमाडौंमा सीके राउतको शक्ति प्रदर्शन (फोटो फिचर)

७ मंसिर, काठमाडौं ।
सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानीमा ‘रंगभेदविरुद्ध एकतासभा’ गरेको छ। नेकपा सरकारसँग सम्झौता गरेर राष्ट्रिय राजनीतिमा उदाएका सिके राउतले शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेका हुन्।

‘रंगभेदविरुद्ध एकतासभा’ तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सिके राउतले अझै पनि नेपालका अधिकारको लडाईं लड्न बाँकी नै रहेको बताए। उनले कुनै पनि राजनीतिक परिवर्तन मधेशको साथबिना सफल नभएको दाबी गरेका छन्। ‘जनयुद्धा जलेश्वरबाट शुरु भएको हो। आन्दोलनका समयमा काँग्रेसका नेताहरुलाई बासमाती चामल खुवाउने मधेशी नै हुन्।’ उनले भने, ‘कम्युनिस्टका नेतालाई प्रशिक्षण दिने मधेशी नै हुन्। माओवादी जनयुद्धमा पनि मधेशबाट शुरु भएको हो।’

Advertisement

उनले हरेक परियोजनाहरु खोक्रो राष्ट्रवादीले विदेशीलाई बेचेको आरोपसमेत लगाएका छन्। राउतले भने ‘कोशी बेच्ने मधेशी थिएनन्। लिम्पियाधुरा बेच्ने मधेशी थिएन। यो खोक्रो राष्ट्रवादीले बेचेका हुन्। खोक्रो राष्ट्रवादीहरुले वृतान्त धेरै लामो छ। राष्ट्रवादी त मधेशी हुन्। सेनामा बन्देज लगाए पनि प्रहरीमा बन्देज लगाए पनि बिना बर्दी सीमा रक्षामा उभिएका छन्।’

रंगभेदविरुद्धको एकता दिवसमा सहभागी हुन राउत निकै कडा सुरक्षासहित पुगेका थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा तराई मधेसका विभिन्न स्थानमा राउतको जनमत पार्टीले उम्मेदवारीसमेत दिएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top