×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ग्रामी अवार्डमा पहिलो नेपाली कलाकार

८ मंसिर २०७६

८ मंसिर, काठमाडौं । चर्चित नेपाली ब्यान्ड ’१९७४ एडी’का पूर्वसदस्य तथा बाँसुरीवादक मनोज सिंह संगीत विधाको सबैभन्दा ठूलो ग्रामी अवार्डको मनोनयनमा पर्ने पहिलो नेपाली कलाकार बनेका छन् । उनी संलग्न देवा प्रेमलको ’देवा’ एल्बम ग्रामीको बेस्ट न्यु एज एल्बम विधातर्फ मनोनयनमा परेको हो ।

मनोज सा‌ंगीतिक समूह ’सुकर्म’का संस्थापक सदस्य हुन् । १९७४ एडीका ’सम्झी बस्छु’, ’पिँजडाको सुँगा’ जस्ता चर्चित गीतहरुमा उनको बाँसुरीवादनलाई धेरै स्रोताले मन पराएका छन् ।

Advertisement
Advertisement

मनोजले ग्रामी मनोनित संगीतकार उत्तल, जोन डेन्समोर, उस्ताद अलि अकबर खान, तबलावादक स्वपन चौधरी, पिटर रोवानलगायतका विश्व प्रसिद्ध संगीतकारहरुसँग काम गरिसकेका छन् । हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बस्ने उनले पच्चीसभन्दा बढी देशमा आफ्नो बाँसुरीको धुन फैलाइसकेका छन् । प्रेमल र मिटेनसँग मनोजले यसअघि सोल इन वन्डर, डिपर लाइफ, मन्त्रज फर लाइफलगायतका एल्बममा काम गरिसकेका छन् ।

मनोजले आफ्नो फेसबुक पेज मार्फत यो आफूलाई प्रेमल र मिटेनले सुनाएको भन्दै गत बुधबार फेसबुक मार्फत खुसी साट्दै लेखेका छन्, ‘र ग्रामी अवार्डको उपाधि जान्छ… आज बिहान देवा र मिटेनले मलाई खुसीको खबर सुनाए। हामी ग्रामी अवार्डको मनोनयनमा पर्यौं। यो सबैका लागि सुखद समाचार हो। धन्यवाद!’

Advertisement

२०२० जनवरीमा सम्पन्न हुने ग्रामी अवार्डको ६२ औं संस्करणमा विजेताको घोषणा हुनेछ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top