एजेन्सी, फागुन २१
सामान्यता महिलाहरु राम्री देखिनका लागि अनेकन उपाय अपनाउने गरेका छन् । राम्री देखिनकै लागि विभिन्न किसिमका शौन्दर्य सामग्री समेत प्रयोग गर्ने गरेको पाइन्छ । तर कतिपय शौन्दर्य सामग्रीको प्रयोगले महिलालाई कहिले काहीँ कुरुप समेत बनाइदिदो रहेछ ।
यस्तै घटना भएको छ बेलायतकी एक महिलामा पनि । शौन्दर्य सामग्रीले पार्ने नकारात्मक प्रभावका विषयमा जानकारी नलिई इन्टरनेटको माध्यमबाट बेलायतकी पप्पी गैसान नामकी ति महिलाले आँखिभुइ ‘आइ ब्रो’ ट्याटु लिक्वीड अर्डर गरेकी थिइन् ।
यसको प्रयोगले राम्रो बनीनु तकता हो कता उनले आफ्नो छँदा छँदैको आँखिभुइनै गुमाउनु पर्यो । उक्त वस्तुको प्रयोगले ति महिलाको आईब्रो पूरै गायब भयो । अहिले महिला माथि भएको उक्त घटना इन्टरनेटमा पुरै भाइरल बनेको छ ।
ति महिला आफैले उक्त तस्वीत तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।