×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटन प्रबद्र्धन गर्न प्रदेश १ मा ‘यात्रा पूर्वको’

८ मंसिर २०७६

८ मंसिर, विराटनगर ।
पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रबद्र्धनका लागि प्रदेश १ सरकारले यात्रा पूर्वको शुभारम्भ गरेको छ । पूर्वको यात्रा गर्ने इम्याजिन नेपालको टोलीलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । ‘पर्यटक र अतिथीको सत्कार, प्रदेश १ को संस्कार’ नाराका साथ पर्यटन भ्रमणवर्ष २०२० को प्रवद्र्धन थालेको प्रदेश १ सरकारले आइतबार ‘यात्रा पूर्वको’ शुभारम्भसँगै टोलीलाई स्वागत सम्मान गरेको हो ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहको संयोजनमा पूर्व मिस एसिया पिंकी राजगढियासहितका कलाकार, ब्लगर,आमन्त्रित विदेशी पर्यटक लगायतको टोलीले ‘यात्रा पूर्वको’अभियानमा सुनसरीको कोशी टप्पुदेखि इलामको सन्दकपुरसम्मको यात्रा गर्नेछ । प्रदेश १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ‘इमाजिन नेपाल’को सहकार्यमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई यात्रामा सहभागी गराएको हो ।

Advertisement
Advertisement

कार्यक्रममा टोलीका सदस्यलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री जगदीशप्रसाद कुसियत,सामाजिक विकास मन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेललगायतले स्वागत तथा सम्मान गरेका छन । उनीहरुलाई खादा,प्रमाण पत्र र भिजिट नेपाल २०२० लेखिएको टिसर्ट प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले यात्रा अविस्मरणीय बन्न सकोस भन्दै भ्रमण टोलीलाई सफल यात्राको शुभकामना व्यक्त गरे । उनले प्रदेश १ मा विश्वको सबैभन्दा होचो भूभाग र अग्ला हिमालपनि रहेको भन्दै पर्यटकको प्रचुर सम्भावना रहेको बताए ।

त्यस्तै पर्यटनमन्त्री कुसियतले पर्यटन भ्रमण वर्ष २०२० मा प्रदेश १ मा मात्रै ५ लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए । उनले भ्रमणदलका सदस्यहरुले पनि सामाजिक सञ्जाल लगायतका माध्यमबाट प्रदेशको महत्वपूर्ण स्थलको प्रचार गर्ने बताउँदै पर्यटन भित्र्याउन योजनाका साथ अघि बढेको बताए ।

भ्रमण दलका संयोजक अनिल केसरी शाहले आफुहरुले पहिले आफ्नो देशको भ्रमण गरेमात्र बढी विदेशी पर्यटक भित्र्याउन सकिने बताए । उनले इम्याजिन नेपालले पर्यटन प्रवद्र्धन गर्दै आएपनि पहिलो पटक प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि निमन्त्रणा गरेको भन्दै धन्यवाद व्यक्त गरे । यात्रामा निस्किएकी मिस एसिया युनिभर्स २०१७ पिंकी राजगढियाले आफ्नो जन्म धरानमा भएको र पूर्वीनेपाल अत्यन्तै सुन्दर रहेको बताइन । यस्तै यात्रामा सहभागि हुने अष्ट्रेलियन नागरिक जेम्सन बेभ्सले नेपाल सुन्दर भएको टिप्पणी गरे ।

Advertisement

यात्राको सहकार्यमा अमेरिका निवासी पाइलट प्रितम कुसियैतले सहयोग गरेका छन् । ७० जना सहभागी रहेको यात्रापूर्वको टोलीले शनिबार बेलुका कोशीटप्पु र आइतबार बिहान सुनसरी चिमडीको बर्जुताल भ्रमण गरेको छ । टोली विराटनगरबाट इलामतर्फ लागेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top