१२ मंसिर, काठमाडौं ।
बिहीबार बिहान १०ः४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
उनले ट्वीटरमार्फत नै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
यस्तै प्रधानमन्त्रीको शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जनाएका छन् ।
ओलीलाई उपचारका सबै व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ । त्यसअघि हिजो साँझ जारी विज्ञप्तिमा प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा रहेको र सुप लगायतका केही तरल पदार्थ मुखबाट खान दिइएको जनाइएको थियो ।